बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौ – भारतीय विद्युतीय गाडी कम्पनी प्युअर ईभी (PURE EV) ले आफ्नो नयाँ मोडल ई–प्लुटो ७जी (EPluto7G) स्कुटर नेपाली बजारमा ल्याएको छ । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदराबादबाट उत्पादित यो विद्युतीय गाडी उत्पादक कम्पनी भारतीय बजारमा अग्रणी स्थानमा पर्दछ ।
इन्टरनेसनल सेन्टर अफ अटोमोटिभ टेक्नोलोजी (आईसीएटी) बाट मान्यता प्राप्त प्युअर ईभीले आउँदो सन् २०२२ सम्म नेपालको करिब १० प्रतिशत बजार ओगट्ने विश्वास गरेको बताएको छ ।
प्युअर ईभीको ई–प्लुटो ७जी मोेडलको अधिकतम गति ६० किमी प्रतिघण्टा रहेकोे छ । साथै यसमा २.५ किलोवाट आवर क्षमता भएको पोरटेबल लिथियम आयोन ब्याट्री रहेकोे छ जसले एक पटकको चार्जमा १०० किमी सम्मको यात्रा गर्न सकिन्छ भने यसको ब्याट्रीमा ४० हजार किमी सम्म वारेन्टी रहेको छ ।
नेपाली बजारमा ह्वाइट लोटस मोटर्सले प्युअर ईभीको आधिकारिक वितरकको रुपमा कार्य गर्नेछ । प्युअर ईभीका सीईओ रोहित भादेराले ह्वाइट लोटस मोटर्ससँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको बताउदै आगामी दिनहरुमा आफ्नो नयाँ मोडलहरु नेपाली बजारमा ल्याउने बताए । उनले आगामी दिनमा दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र पूर्वी अफ्रिकाका देशहरुमा पनि बजार विस्तारित गर्ने बताए ।
भादेराले ह्वाइट लोटस मोटर्स, नेपालमार्फत वार्षिक करिब १ हजार स्कुटर बिक्रीको लक्ष्य रहेको र नेपालको अरु पाँच सहरहरुबाट पनि आफ्नो विद्युतीय स्कुटर उपलब्ध हुने जानकारी गराए ।
ई–प्लुटो ७जीको ब्याट्री र डिजाइन नेपाली बाटो सुहाउँदो रहेको बताइएको छ । कम्पनीका अनुसार प्युअर ईभी इलेक्ट्रीकल्स स्कुटरहरुको बजार विस्तार आक्रामक रहनुको साथै सर्भिस स्टेसन तथा स्पेयर पार्ट्सको पनि सहज व्यवस्था गरिनेछ ।
ह्वाइट लोटस मोटर्स, नेपालका कार्यकारी अध्यक्ष अशोक खड्गीले प्युअर ईभीसँगको सहकार्यमा विश्व स्तरीय इलेक्ट्रिक टु ह्विलर नेपाली उपभोक्तालाई उपलब्ध गर्न पाउँदा आफूहरु धेरै खुसी भएको बताए । उनले प्युअर ईभीका मोडलहरु नेपालको बाटो सुहाउँदो र नेपाली उपभोक्ताको रोजाई अनुसार रहेको बताए । उनले आफ्ना उपभोक्तालाई गुणस्तरीय वर्कसप र बिक्री पछिको सेवा पनि उपलब्ध गराइने बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...