इलेक्ट्रिक स्कुटर रोज्नेलाई टेल्जीका ३ मोडल, यस्ता छन् मूल्य र विशेषता

काठमाडौं – इलेक्ट्रिक स्कुटर खोज्नेहरुका लागि नेपाली बजारमा विगत केही समय यता उपलब्ध टेल्जी ब्रान्ड उपयुक्त विकल्प हुन सक्छ । नेपाली बजारमा लायन, टाइगर र लियोपार्ड गरी तीन मोडलका टेल्जी ब्रान्डका इलेक्ट्रिक स्कुटर छन् ।

संयुक्त राष्ट्र संघको वातावरण सम्बन्धी ई–मोबिलिटी प्रोग्रामको समेत पार्टनर रहेको टेल्जी कम्पनी एक प्रतिष्ठित कम्पनी हो । नेपाली बजारमा लायन र टाइगर पहिले देखि नै उपलब्ध भए पनि लियोपार्ड भने करिव एक महिना पहिले मात्र भित्रिएको हो ।

लायनमा २.५ किलोवाटको मोटर र १.९ किलोवाट आवरको ब्याट्री रहेको छ । सिंगल चार्जमा यसले ८५ किलोमिटर दुरी पार गर्ने बताइएको छ । यसको मूल्य १ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी टाइगरमा २.५ किलोवाटको मोटर र २.३ किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्जमा ९५ किलोमिटरको दुरी पार गर्छ । टाइगरको मूल्य १ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

लियोपार्डमा पनि २.५ किलोवाट आवरको मोटर र ३.२ किलोवाट आवरको ब्याट्री रहेको छ । सिंगल चार्जमा यसले १३० किलोमिटर रेन्ज दिन्छ । लियोपार्डको मूल्य २ लाख १० हजार रुपैयाँ तोकिएको छ ।

फुल चार्ज गर्न ५ घन्टा लाग्ने यो स्कुटरमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एडजस्टेबल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट र ठूलो अन्डर सिट स्पेस लगायतका सुविधा उपलब्ध गराइएको छ ।

हाल यी स्कुटरमा विभिन्न स्किम पनि उपलब्ध छ । यस अन्तर्गत लायनमा १० हजार, टाइगरमा ११ हजार र लियोपार्डमा १५ हजार नगद छुट उपलब्ध छ । सबै स्कुटरमा १० हजार रुपैयाँ बराबरको एसेसरिज (ब्लुटुथ हेलमेट, पिलियन ब्याक रेस्ट, फुट म्याट) निशुल्क पाउन सक्ने बताइएको छ ।

नेपाली बजारमा योम मा ई–मोटर्सले यी स्कुटर बिक्री–वितरण गरिरहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...