बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – एनआईयूको नयाँ इलेक्ट्रिक स्कुटर एमक्यूआई प्लस (NIU MQi+) नेपाली बजारमा भित्रिने भएको छ । नेपालका लागि एनआईयूको आधिकारिक वितरक इको इन्फिनिटी प्रालिले सो स्कुटर करिव एक महिनामा नेपाली बजारमा उपलब्ध हुने बताएको छ ।
द्रुत गतिमा चार्ज गर्न सकिने यो स्कुटर नयाँ डिजाइनमा बजारमा आउँदैछ । यो स्कुटर ६० देखि ७५ किमीको रेन्जमा चल्ने बताइएको छ । रेड, ह्वाइट, ब्ल्याक, ग्रे र ब्ल्यु गरी ५ वटा कलरमा स्कुटर बजारमा आउनेछ ।
एनआईयूको यो स्कुटरमा १२ सय वाटको मोटर र ४८ भोल्टको लिथियम आयोन ब्याट्री छ । ७ घण्टामा फुल चार्ज गर्न सकिने स्कुटरले ६० देखि ७५ किलोमिटर रेन्ज दिने बताइएको छ । यसको टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा छ ।
नेपालमा इको इन्फिनिटी प्रालिले एनआईयूका स्कुटर बिक्री–वितरण गरिरहेको छ । यस विद्युतीय स्कुटर प्रयोग गर्दा पेट्रोलबाट चल्ने स्कुटरभन्दा वाषिक ५० हजारभन्दा बढीको पेट्रोल, मोबिल र मर्मतसम्भार खर्चमा बचत हुने कम्पनीले दाबी गरेको छ ।
एनआईयूका स्कुटर किन्नका लागि कम्पनीले उपलब्ध गराउदै आएको फाइनान्स सुविधा र विभिन्न स्किम तथा यो क्षेत्रमा परिचालित दक्ष जनशक्तिको समेत महत्वपूर्ण भूमिका भएको पाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...