इलेक्ट्रिक स्कुटर रोज्नेका लागि अर्को विकल्प टेरा मोटर्सको इको स्कुटर (मूल्य र फिचर)

काठमाडौं – नेपाली बजारमा हाल टेरा मोटर्सको इको इलेक्ट्रिक स्कुटर उपलब्ध छ । नेपाली बजारमा सन् २०१६ को अन्त्य देखि नै उपलब्ध टेराका यी इलेक्ट्रिक स्कुटर विशेष गरी काठमाडौं उपत्यका वाहिर बढी गुडिरहेका पाइन्छन् ।

सो स्कुटरमा ७२ भोल्ट, ३२ एएचको लिड एसिड ब्याट्री रहेको छ । यसमा २ हजार वाटको मोटर छ । यसले फुल चार्जमा ७० देखि ८० किमी सम्मको रेन्ज दिन्छ । ७ देखि ८ घण्टा सम्म चार्ज गर्दा यो फुल चार्ज हुन्छ । सामान्य स्मार्टफोन चार्ज गरे जसरी स्कुटर चार्ज गर्न सकिन्छ ।

१५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको सो स्कुटरलाई थ्री स्पिडमा चलाउन सकिन्छ । यसमा २ हजार वाट सम्मको क्षमता भएकाले काठमाडौं उपत्यकाका कुनै पनि पहाडमा लैजान सकिने कम्पनीको भनाइ छ । यसको टप स्पिड ६० किमी प्रतिघण्टा सम्म छ ।

नेपाली बजारमा फेयर अटोले टेरा मोटर्सका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको छ । यसका इलेक्ट्रिक पार्ट्समा १ वर्षको वारेन्टी उपलब्ध छ । त्यसैगरी ब्याट्रीमा १२ महिनाको वारेन्टी उपलब्ध छ ।

स्कुटरको सर्भिसिङमा भने लाइफ टाइम वारेन्टी छ । टेरा इको इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...