धितोमा राखिएका ३८ सवारी साधन बेच्दै एक सहकारी

काठमाडौं – काठमाडौंको कीर्तिपुर १ अमृतनगरमा रहेको अमृत बचत तथा ऋण सहकारी संस्थाले धितोमा राखिएको ३८ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । सहकारी संस्थाबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि सहकारीले धितो राखिएका अधिकांश भाडाको बस र केही निजी कार बिक्री गरेर असुल उपर गर्ने जनाएको छ ।

संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै साँवा ब्याज तथा हर्जना लगायतको रकम १५ दिनभित्र नतिरेमा लिलाम बिक्री गरेर असुल गर्ने बताएको हो । त्यसरी धितो राखिएका सवारी साधन बिक्री गर्ने संस्थाको भनाइ छ ।

सहकारी ऐन, सहकारी नियमावली, संस्थाको विनियम, कर्जा प्रवाह, लगानी तथा असुली निर्देशिका र अन्य प्रचलित कानुन अनुसार सहकारी संस्थासँग भएको कर्जा लिखतको शर्त अनुसार कारबाही गरी धितो सुरक्षण दिएका सवारी साधनबाट असुल गर्ने संस्थाले बताएको छ ।

यदि उक्त सवारीबाट रकम असुल नभएमा ऋणीले एकाघर सगोलको सदस्यहरूको नाममा रहेको चलअचल सम्पत्तिबाट असुल उपर गर्ने सहकारीले चेतावनी दिएको छ ।

सम्बन्धित समाचारहरू

२०२६ इसुजु भी–क्रस भारतमा लन्च, अब सबै भेरिएन्टमा फोर ह्विल ड्राइभ सिस्टम अनिवार्य

२०२६ इसुजु भी–क्रस भारतमा लन्च, अब सबै भेरिएन्टमा फोर ह्विल ड्राइभ सिस्टम अनिवार्य

इसुजु मोटर्सले आफ्नो लोकप्रिय पिकअप ट्रक २०२६ इसुजु भी–क्रस भारतीय बजारमा...

चितवनमा एसएमएल इसुजु ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न

चितवनमा एसएमएल इसुजु ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न

चितवन – एसएमएल इसुजुका गाडीहरूको नेपालका लागि एक मात्र आधिकारिक वितरक...

इसुजु डी–म्याक्स हाईल्यान्डर अब अटाेमेटिक ट्रान्समिसनमा पनि

इसुजु डी–म्याक्स हाईल्यान्डर अब अटाेमेटिक ट्रान्समिसनमा पनि

इसुजुले डी–म्याक्स हाईल्यान्डरको २०२६ संस्करण लन्च गरेको छ । थुप्रै नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...