नयाँ वर्षमा जोनसेनको ‘अफ-रोड’ अफर, मोटरसाइकल किन्दा सिधै १५ हजार छुट

जोनसेन बाइकको नेपालका लागि आधिकारिक वितरक स्यामुकापु ट्रेडिङले नयाँ वर्ष २०८२ लाई लक्षित गरी ‘अफ-रोड’ अफर ल्याएको छ । कम्पनीले अफरोड मोटरसाइकल रुचाउने राइडरलाई लक्षित गरी १० हजार रुपैयाँ नगद र ५ हजार रुपैयाँ टेष्ट ड्राइभ गरेबापत छुट दिने अफर ल्याएको हो ।

कम्पनीले हाल २१६ .६ सीसी, १४९.४ सीसी, ११९.६ सीसी, १६६.४ सीसी, १९८.८ सीसी, २३० सीसी र २५० सीसी इन्जिन जडन भएका बिभिन्न मोडलका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । यी बाइकमा २ वर्ष वा ३० हजार किलोमिटरसम्मको वारेन्टि दिइएको छ ।

नेपाली बजारमा जोनसेन नयाँ ब्रान्ड हो । सन् १९९६ देखी मोटरसाइकल उत्पादन गर्दै आएको जोनसेन चीनको उत्कृष्ट ५०० इन्टरप्राइजेज तथा ३० अटोमोबाइल कम्पनीमा सामेल रहेको जनाइएको छ । जोनसेनले विश्वका ८० भन्दा बढी राष्ट्रमा वार्षिक ३ लाख बढी मोटरसाइकल निर्यात गर्दै आएको छ । इलेक्ट्रिक टु ह्विलर समेत बिक्री गर्नेे जोनसेनले ७० लाखभन्दा बढी कम्पोनेन्ट उत्पादन गर्दै आएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...