भीजी इम्पेक्सद्वारा जीडब्ल्युएम ओरा ०३ इलेक्ट्रिक क्रसओभरको डेलिभरी प्रारम्भ
काठमाडौं – नेपालमा जीडब्ल्युएम अर्थात ग्रेटवाल मोटर्सको आधिकारिक वितरक...
काठमाडौँ — अत्याधुनिक प्रविधि र ‘सेल्फ–ड्राइभिङ’को उच्च सुरक्षा दाबी गरिएका प्रिमियम गाडीहरू पनि सडकमा कति सुरक्षित छन् भन्ने विषयमा फेरि एकपटक नयाँ बहस सुरु भएको छ । चीनमा जिली समूह अन्तर्गतको प्रिमियम ब्रान्ड जीकरको फ्ल्यागशिप एसयूभी ९एक्स असिस्टेड ड्राइभिङ मोडमा रहँदा सडक छेउको पोलमा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ ।
चीनको फुजियान प्रान्तको सरकारी सञ्चारमाध्यम फुजियान मिडिया ग्रुपद्वारा प्रसारित उपभोक्ता हितसम्बन्धी कार्यक्रम ‘द फस्र्ट हेल्प टिम’ मा यस घटनाबारे विस्तृत रिपोर्ट सार्वजनिक गरिएको हो ।
के थियो घटना ?
गाडीका मालिकले ५ लाख ३९ हजार युआन (करिब ७९,००० अमेरिकी डलर) खर्चेर सो न्यु–इनर्जी भेहिकल खरिद गरेका थिए । उनले गाडीे लन्चिङका बेला कम्पनीले प्रचार गरेको जी–पाइलट असिस्टेड ड्राइभिङ सिस्टम र यसको एड्भान्स सुरक्षा फिचर्सबाट प्रभावित भएर यो गाडी रोजेका थिए ।
तर, खरिद गरेको केही समयमै गाडी असिस्टेड ड्राइभिङ मोडमा गुडिरहेका बेला अचानक सडकको छेउतिर मोडिएर टेलिफोनको पोलमा ठोक्किन पुग्यो । दुर्घटनामा मानवीय क्षति नभए पनि गाडीको अगाडिको भागमा ठूलो क्षति पुगेको छ ।
विज्ञापन भ्रामक भएको आरोप
गाडी धनीका अनुसार जीकरले गाडी सार्वजनिक गर्दा यसमा ५ वटा अत्याधुनिक लिडार युनिटहरू जडान गरिएको र यसले ३६० डिग्रीमा अवरोधहरू पत्ता लगाउने दाबी गरेको थियो । कम्पनीको आधिकारिक दाबीअनुसार यस गाडीमा रहेका लिडारहरूले ३०० मिटरको दायराभित्र रहेका ०.७५ मिटरभन्दा बढी लम्बाइ वा उचाइ भएका जुनसुकै वस्तु सजिलै पत्ता लगाउन सक्छन् । पीडित ग्राहकले कम्पनीको यो विज्ञापन भ्रामक रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
कम्पनीको अनौठो तर्कः पोलको ’गोलो आकार’ ले लिडारलाई झुक्यायो
यस दुर्घटनाका सम्बन्धमा चिनियाँ सरकारी सञ्चारमाध्यमका पत्रकारहरूले सोध्दा जीकरका इन्जिनियरले अचम्मको प्राविधिक कारण अघि सारेका छन् ।
ती इन्जिनियरका अनुसार, टेलिफोनको पोल गोलो आकारको हुने भएकाले गाडीको लिडारबाट निस्कने पल्स लेजर किरणहरू पोलमा ठोक्किएपछि सोझै फिर्ता हुनुको साटो चारैतिर छरिदा दुर्घटना निम्तिएको हो । लेजर किरणहरू छरिएका कारण गाडीको कम्प्युटर प्रणालीले अगाडि अवरोध रहेको कुरा समयमै पहिचान गर्न नसकेको उनको तर्क छ ।
तर, कम्पनीको ३०० मिटरभित्रको जुनसुकै ०.७५ मिटरको वस्तु पत्ता लगाउने मुख्य दाबी र यो बचाउपूर्ण तर्क बाझिएपछि चिनियाँ उपभोक्ताहरू माझ यो विषय अहिले निकै आलोचित बनेको छ।
काठमाडौं – नेपालमा जीडब्ल्युएम अर्थात ग्रेटवाल मोटर्सको आधिकारिक वितरक...
नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार दीगो ई६ को मूल्य हाल २१ लाख ९४ हजार ५ सय...
लेभनिङ इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता इभी नेपाल मोटर्सले नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...