२५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घट्यो, केही मूल्य घट्ने
काठमाडौं – सरकारले हिजो प्रस्तुत गरेको बजेटमार्फत २५० देखि ४०० सीसी...
काठमाडौं – नेपाली बजारमा येज्दी मोटरसाइकल पहिलो पटक भित्रिने भएको छ । नेपालमा पहिले देखि नै जावा मोटरसाइकल बिक्री–वितरण गरिरहेको महिन्द्रा ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले सो ब्रान्ड नेपाली बजारमा उपलब्ध गराउने भएको हो ।
२६ वर्ष पश्चात भारतमा करिव एक वर्ष पहिले यो ब्रान्डको पुनरागमन भएको थियो । महिन्द्रा ग्रुपअन्तर्गतको कम्पनी क्लासिक लेजेन्ड्सले येज्दी मोटरसाइकल सार्वजनिक गरेको थियो। कम्पनीले येज्दी रोडस्टर, स्क्याम्बलर र एड्भेन्चर गरि तीनवटा नयाँ मोडल सार्वजनिक गरेको थियो। नेपाली बजारमा पनि ती तीनवटै मोडल उपलब्ध हुनेछन् । जावा र बिएसए पछि येज्दी एक मात्र ब्रान्ड हो जुन क्लासिक लेजेन्ड्सअन्तर्गत छ।
अग्नि मोटोइंकले नेपाली बजारमा उपलब्ध गराउने मोटरसाइकल र तिनको मूल्य समेत सार्वजनिक भएको छ । यद्यपि नेपाली बजारमा मोटरसाइकल सार्वजनिक गर्ने समय सम्म मूल्यमा केही फरक पर्न सक्ने कम्पनीको भनाइ छ ।
येज्दी रोडस्टर
येज्दीको क्रुजर बाइक रोडस्टर नियो–रेट्रो डिजाइन स्टाइलको साथ उत्कृष्ट देखिन्छ । यो बाइक तीनवटा रङमा लन्च गरिएको हो । येज्दीले रोडस्टारमा ३३४ सीसी इन्जिन प्रयोग गरेको छ । सो इन्जिन जावा बाइकमा समेत प्रयोग गरिन्छ । रोडस्टरमा रहेको सिंगल सिलिन्डर लिक्विड कुल्ड युनिटले २९.७ पीएस आउटपुट र २९ एनएम टर्क जेनेरेट गर्छ ।
येज्दी रोडस्टर विभिन्न ७ कलर भेरिएन्टमा उपलब्ध हुनेछ र यसको मूल्य ९ लाख १६ हजार देखि ९ लाख २५ हजार रुपैयाँ सम्म हुनेछ ।
येज्दी स्क्र्याम्बलर
येज्दी स्क्र्याम्बलरको फिचर येज्दी रोडस्टरबाट प्रेरित भएको देख्न सकिन्छ । यसमा एलईडी हेडलाइट, टेललाइट, टर्न इन्डिकेटर, क्लियर लेन्स र गोल आकारको एलसीडी डिजिटल डिस्प्ले जडान गरिएको छ । बाइकमा ह्यान्डलबार–माउन्टेड यूएसबी र टाइप सी चार्जिङ प्वाइन्ट जस्ता फिचर पनि जडान गरिएको छ ।
येज्दी स्क्र्याम्बलरमा ३३४ सीसी सिंगल सिलिन्डर ४ स्ट्रोक लिक्विड कूल्ड डीओएचसी युनिट प्रयोग गरिएको छ । येज्दी स्क्र्याम्बलर ६ कलरमा उपलब्ध छ । यसको मूल्य ९ लाख ४८ हजार देखि ९ लाख ५६ हजार रुपैयाँ सम्म हुनेछ ।
येज्दी एड्भेन्चर
येज्दी एड्भेन्चर बाइकमा एलईडी हेडलाइट युनिट, एलसीडी डिजिटल डिस्प्ले दिइएको छ । यस बाइकमा ३३४ सीसी सिंगल सिलिन्डर ४–स्ट्रोक लिक्विड कुल्ड डीओएचसी इन्जिन जडान गरिएको छ, जसले ३०.२ पीएस पावर र २९.९ एनएम टर्क जेनेरेट गर्छ । सो बाइकमा ६ स्पिड गियरबक्स जडान गरिएको छ । येज्दी एड्भेन्चरमा टर्न बाई टर्न नेभिगेसन पनि छ । सो बाइकलाई ब्लुटुथ मार्फत ब्रान्डको एपसँग पनि जोड्न सकिन्छ । एपले आगमन कल र सन्देश, मिस कल, सिग्नल र ब्याट्री जस्ता अलर्ट जानकारी पनि प्रदान गर्छ ।
यो मोटरसाइकल दुई कलर अप्सनमा उपलब्ध हुनेछ र यसको मूल्य ९ लाख ९६ हजार र ९ लाख ९८ हजार रुपैयाँ हुनेछ ।
नेपाली बजारमा येज्दीका यी नयाँ मोटरसाइकलले हाल उपलब्ध रोयल इन्फिल्ड, केटीएम, होन्डालगायत ब्रान्डसँग प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौं – सरकारले हिजो प्रस्तुत गरेको बजेटमार्फत २५० देखि ४०० सीसी...
काठमाडौ – प्रसिद्ध ब्रान्ड येज्दी बाइकको नेपाली बजारमा बिक्री सुरु भएको...
काठमाडौं–यज्दी मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक अग्नि मोटोइंकले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...