चेम्बर एक्सपोमा महिन्द्राका गाडी र येज्दीका मोटरसाइकल
काठमाडौं – नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२३’...
क्लासिक लेजेन्ड्सले आफ्नो चर्चित एडभेन्चर बाइक येज्दी एडभेन्चरको नयाँ संस्करण मे १५, २०२५ मा भारतीय बजारमा लन्च गर्ने तयारी गरेको छ। अपडेट गरिएको सो बाइक नयाँ डिजाइनका साथै थप सुविधासम्पन्न हुनेछ। साथै, यसले पहिलेभन्दा अझ बढी शक्तिशाली प्रदर्शन दिन सक्ने अनुमान गरिएको छ।
सन् २०२४ मा क्लासिक लेजेन्ड्सले येज्दी एडभेन्चरको महत्वपूर्ण अपडेट ल्याएको थियो, जसमा इन्जिन र डिजाइन दुवैमा परिवर्तन गरिएको थियो। इन्धन ट्याङ्की वरिपरि मेकाट क्र्यास केजजस्ता परिवर्तनले बाइकलाई थप आकर्षक बनाएको थियो ।
अब कम्पनीले यस एड्भेन्चर बाइकलाई फेरि नयाँ लुक र सुधारिएका फिचरसहित ल्याउने तयारी गरिरहेको छ। मिडिया रिपोर्ट अनुसार, इन्जिनमा ठूला परिवर्तन नभए पनि यसको आउटपुट अझ बढी पावरफुल बन्ने अपेक्षा गरिएको छ। यसले यस बाइकलाई प्रतिस्पर्धात्मक बजारमा थप मजबुत बनाउनेछ।
हाल उपलब्ध येज्दी एडभेन्चरमा ३३४ सीसी क्षमताको लिक्विड-कुल्ड, सिंगल-सिलिन्डर 'अल्फा२' इन्जिन प्रयोग गरिएको छ, जसले २९.६ पीएस पावर र २९.८ एनएम टर्क उत्पादन गर्छ। सो इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिएको छ।
हालको मोडेलमा पूर्ण रूपमा एलईडी लाइट छ। यसमा ब्लुटुथ मार्फत स्मार्टफोन कनेक्टिभिटी सहितको फुल-एलसीडी इन्स्ट्रयुमेन्ट कन्सोल छ, जसले टर्न बाई टर्न नेभिगेसन प्रदान गर्छ। चालकले आफ्नो सुविधा अनुसार यसको इन्स्ट्रयुमेन्ट कन्सोल समायोजन गर्न सक्छ । साथै यसमा इन्स्ट्रयुमेन्ट कन्सोलमा स्पिडोमिटर, ओडोमिटर, ट्याकोमिटर, ट्रिपमिटर, स्पिडोमिटर, गियर पोजिसन, इन्धन स्तर, घडी र आधारभूत टेलटेल लाइट जस्ता फिचर समावेश छ ।
काठमाडौं – नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२३’...
काठमाडौं – नेपाली बजारमा येज्दी मोटरसाइकलको बुकिङ औपचारिक रुपमा खुलेको छ...
नेपाली बजारमा हालै भित्रिएको येज्दी ब्रान्डका मोटरसाइकलको वारेमा चर्चा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...