नेपाली बजारमा येज्दीका तीन मोडल आउदै, यस्तो हुनेछ मूल्य र फिचर
काठमाडौं – नेपाली बजारमा येज्दी मोटरसाइकल पहिलो पटक भित्रिने भएको छ ।...
येज्दी एड्भेन्चर अपडेट भएर आएको छ । क्लासिक लेजेन्ड्सले भारतमा २०२४ येज्दी एड्भेन्चरलाई ल्याएको हो । जसको मूल्य २ लाख १० हजार भारु निर्धारण गरिएको छ । सो मोटरसाइकलमा नयाँ रङ र ग्राफिक्स थप गरिएको छ भने फ्यूल ट्याङ्कमा 'ईएसटी ६९' स्टिकर टाँसिएको छ ।
कस्मेटिक परिवर्तन बाहेक यसमा रिपोजिसन गरिएको हेडर र नयाँ सम्प गार्डको साथ नयाँ अपस्वेप्ट एक्जस्ट समेत दिइएको छ । मोटरसाइकलको समग्र तौल पनि ५ केजीले घटेको छ ।
येज्दी एडभेन्चरमा ३३४ सीसी सिंगल सिलिन्डर, लिक्विड कूल्ड इन्जिन जडान गरिएको छ । ६ स्पिड गियर वक्ससंग जोडिएको उक्त इन्जिनले ३० बिएचपी पावर र ३० एनमनै टर्क जेनेरेट गर्दछ । कम्पनीले यो इन्जिनको रिफाइनमेन्ट र स्थायित्वमा सुधार गरेको दाबी गरेको छ ।
सस्पेन्सन सेटअप पहिले जस्तै टेलिस्कोपिक फ्रन्ट फोर्क र रियरमा मोनो–शक राखिएको छ । बाइकमा डुअल डिस्क ब्रेक र एबिएस समेत दिइएको छ ।
काठमाडौं – नेपाली बजारमा येज्दी मोटरसाइकल पहिलो पटक भित्रिने भएको छ ।...
क्लासिक लेजेन्ड्सले आफ्नो चर्चित एडभेन्चर बाइक येज्दी एडभेन्चरको नयाँ...
नेपाली बजारमा हालै भित्रिएको येज्दी ब्रान्डका मोटरसाइकलको वारेमा चर्चा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...