यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा ५० प्रतिशत सम्म छुट

काठमाडौं – लोकप्रिय राइ सेयरिङ कम्पनी पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राको लागि सम्झौता गरेका छन् ।

सम्झौता अनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छुट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्नेछन् । यो अफर आजैबाट लागू भएको छ ।

काठमाडौ उपत्यकाका यात्रुलाई एयरपोर्ट सम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्य सम्म पुग्न सहजताको लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा ’सहज यात्रा’ अफर ल्याएका हुन् ।

हवाई यात्रुलाई एयरपोर्ट जान र आउन सहज यात्रा होस् भन्ने उद्देश्यले यती एयरलाइन्ससँग सम्झौता गरिएको पठाओको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । भविष्यमा यती एयरलाइन्सका सबै यात्रुलाई यो अफर लागू गर्ने योजना रहेको हमालले बताइन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...