याङ्गो राइडद्वारा नेपालमा आफ्नो एपभित्र नयाँ सुरक्षा सुविधा सार्वजनिक

काठमाडाैं - विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्नो अनुप्रयोगमा नयाँ सुरक्षा संरचना सार्वजनिक गरेको छ ।

यस अपडेटले व्यक्तिगत सुरक्षा चेकलिस्टहरू समावेश गरेर यात्रुहरूलाई यात्राको बेला लागू भएका सुरक्षाका उपायहरूको वर्तमान अवस्था हेर्ने सुविधा प्रदान गर्ने कम्पनीले बताएको छ ।

यसमा यात्रुहरूले यात्रा सुरु गर्नुअघि र यात्राका दौरान पालन गर्न सक्ने सुरक्षा सुझावहरूसहितको नयाँ ‘सेफ्टी सेन्टर’ पनि समावेश गरिएको कम्पनीको भनाइ छ । यो अपडेट आगामी दिनहरूमा क्रमशः सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने बताइएको छ ।

कम्पनीका अनुसार नयाँ ‘सेफ्टी सेन्टरमा यात्रुहरूले पालन गर्नुपर्ने उपायहरूको सूची पाउन सकिन्छ । यसमा अनबोर्डिङ सामग्री पढ्नु, व्यक्तिगत जानकारी भर्नु, विश्वसनीय सम्पर्क (ट्रस्टेड कन्ट्याक्ट) थप्नु, सेल्फी प्रमाणीकरण गर्नु वा इमेल अद्यावधिक गर्नुजस्ता चरणहरू समावेश छन् ।

यदि सूचीमा कुनै पनि कुरा अपूर्ण छ भने, एपले त्यसैलाई चिन्हित गर्छ र प्रयोगकर्तालाई आवश्यक कदम चाल्न तथा बाँकी भाग पूरा गर्न सूचित गर्छ । यात्रुहरूले पार्टनर चालकका लागि निर्धारित मापदण्डहरू, विवाद वा दुर्घटना परेको अवस्थामा सहयोग कसरी पाउने तथा प्रत्येक सुरक्षा सुविधाबारे विस्तृत जानकारी एकै क्लिकमा लिन सकिनेछ । मुख्य स्क्रिनमा आपत्कालीन अवस्थाका लागि सधैँ एसओएस सिग्नल र सपोर्टका लागि क्विक एक्सिस बटनहरू उपलब्ध हुन्छन् ।

पार्टनर चालकहरूले आफ्नो चालक अनुमतिपत्र (दुवैतर्फ) का फोटो र अनुमतिपत्र समातेको सेल्फी अनिवार्य रूपमा अपलोड गर्नुपर्छ । सिस्टमले यी जानकारीलाई चालकको प्रोफाइलसँग मिलान गर्छ । यो प्रक्रिया पूरा नभएसम्म चालकले अर्डर लिन पाउँदैनन् ।

त्यस्तै, याङ्गो राइडले जीपीएस प्रयोग गरी चालकको मार्ग र गति ट्रयाक गर्छ । उक्त गति मार्ग निर्माणका लागि प्रयोग गरिएको नेभिगेटरका आधारमा सो सडकमा अनुमति दिइएको अधिकतम गतिसँग तुलना गरिन्छ ।

त्यस्तै, यस एपमा रहेका ड्राइभिङ व्यवहार निगरानी प्रणालीले चालकलाई सुरक्षित रूपमा ड्राइभ गर्न सहयोग गर्छ । यसले चालकको स्मार्टफोनमा रहेको एक्सेलेरोमिटर र जाइरोस्कोपका डेटा विश्लेषण गरी अचानक तीव एक्सेलिरेसन, डिसेलेरेसन वा अनियन्त्रित मोडजस्ता जोखिमपूर्ण गतिविधि पत्ता लगाउँछ ।

प्रत्येक असुरक्षित ड्राइभिङका घटनापछि चालकलाई सावधानीपूर्वक चलाउन चेतावनी पठाइन्छ । चेतावनीहरू बेवास्ता गरेमा सेवामा पहुँच सीमित गर्न सकिन्छ ।

याङ्गो राइडको मुख्य प्राथमिकताः सुरक्षा नै रहेको कम्पनीले जनाएको छ । त्यसैले याङ्गो राइड सेवामा यात्रु र पार्टनर चालक दुवैका लागि यात्राअघि, यात्रा दौरान र यात्रापछि प्रयोग गर्न मिल्ने ३० भन्दा बढी सुरक्षा सुविधाहरू उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

ब्लुटुथ नेभिगेसन र म्युजिक कन्ट्रोल जस्ता सुविधाले सम्पन्न ट्रायम्फ स्पिड ट्विन ९०० को अपडेटेड मोडल लन्च

ब्लुटुथ नेभिगेसन र म्युजिक कन्ट्रोल जस्ता सुविधाले सम्पन्न ट्रायम्फ स्पिड ट्विन ९०० को अपडेटेड मोडल लन्च

ट्रायम्फ मोटरसाइकल इन्डियाले आफ्नो आधुनिक क्लासिक बाइक ट्रायम्फ स्पिड...

नयाँ वर्षमा जोनसेनको ‘अफ-रोड’ अफर, मोटरसाइकल किन्दा सिधै १५ हजार छुट

नयाँ वर्षमा जोनसेनको ‘अफ-रोड’ अफर, मोटरसाइकल किन्दा सिधै १५ हजार छुट

जोनसेन बाइकको नेपालका लागि आधिकारिक वितरक स्यामुकापु ट्रेडिङले नयाँ वर्ष...

सीएनजीपछि अब हाइड्रोजनबाट चल्ने मोटरसाइकलमा फोकस बढ्ने

सीएनजीपछि अब हाइड्रोजनबाट चल्ने मोटरसाइकलमा फोकस बढ्ने

विश्वको पहिलो सीएनजी मोटरसाइकल बजाज फ्रिडम १२५ भारतमा लन्च भइसकेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...