एड्भेन्चर मोटरसाइकल जोनसेन क्यारेरामा फेस्टिभ अफर, यस्तो छ छुट र अन्य सुविधा
एड्भेन्चर टुरिङ रुचाउने राइडरहरुका लागि लक्ष्यित गरी नेपाली बजारमा हालै...
ट्रायम्फ मोटरसाइकल इन्डियाले आफ्नो आधुनिक क्लासिक बाइक ट्रायम्फ स्पिड ट्विन ९०० को अपडेटेड मोडल भारतीय बजारमा लन्च गरेको छ । नयाँ क्लासिक बाइकको लुक परिवर्तन गरिएको छ र हार्डवेयरमा पनि केही परिवर्तन गरिएको छ तर इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन ।
सो बाइकमा ब्लुटुथ कनेक्टिभिटी नेभिगेसनका साथै कल र म्युजिक कन्ट्रोल जस्ता सुविधा दिइएको छ । यसको मूल्य ८ लाख ८९ हजार भारु एक्स शोरुम राखिएको छ । यो अघिल्लो मोडलको तुलनामा ४० हजार भारु महँगो छ ।
ट्रायम्फले २०२५ स्पिड ट्विन ९०० मा कुनै मेकानिकल परिवर्तन गरिएको छैन । यसमा ९०० सीसीको सिंगल सिलेन्डर लिक्विड कुल्ड भल्भ डीओएचसी इन्जिन जडान गरिएको छ, जसले ७५०० आरपीएममा ६४ बीएचपीको पावर र ३८०० आरपीएममा ८० एनएमको टर्क उत्पन्न गर्छ। यसको इन्जिन ६ स्पिड युनिट गियरबक्ससँग जोडिएको छ । सो मोटरसाइकल सडक र रेन गरी दुई मोडमा उपलब्ध छ ।
बाइकको सिट हाइट ७८० एमएम, लम्बाइ २०९० एमएम, उचाइ १११५ एमएम र ह्विलबेस १४३५ एमएम रहेको छ । बाइकको कुल वजन २१६ केजी छ भने यसमा १२ लिटरको फ्युल ट्याङ दिइएको छ ।
अपडेट नयाँ २०२५ ट्रायम्फ स्पिड ट्विन ९०० बाइकमा अपसाइड डाउन फोर्क, मडगार्ड र अगाडि फोर्क प्रोटेक्टर, नयाँ आल्मुनियम स्विङआर्म र पिग्गी-ब्याक सस्पेन्सन युनिटका साथै स्लिम मडगार्ड र कम्प्याक्ट टेल लाइट सहितको पातलो रियर फ्रेम समावेश छ । फिचरको रुपमा ट्रायम्फले एनालग डिस्प्ले हटाएर नयाँ टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ, जसले रेभ, स्पिड र गियरको बारेमा जानकारी देखाउँछ।
एड्भेन्चर टुरिङ रुचाउने राइडरहरुका लागि लक्ष्यित गरी नेपाली बजारमा हालै...
काठमाडौं – जियोमेट र एटीएस नेपाल तथा नेपाल अटो मेकानिक्स व्यवसायी संघको...
फेस्टिभ सिजन सुरु भइसकेको छ । यो सिजनमा सवारीसाधनमा ठुलो छुटको व्यवस्था...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...