बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक
सडक डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक...
काठमाडौं–भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाईंले बुटवल–नारायणघाट सडक वर्षा सुरु हुनुअघि निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्रालयका सचिव केशवकुमार शर्मा र यातायात व्यवस्था विभागका महानिर्देशक डा. विजय जैसीसहितको टोलीले शुक्रबार उक्त खण्डको स्थलगत निरीक्षण गरेको हो ।
मन्त्री चौलागाईंले वर्षा सुरु हुनुअघि निर्माणलाई तीव्रता दिई स्तरोन्नति सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । सडकको दुरावस्थाका कारण जनताले भोग्दै आएका सास्तीप्रति चिन्ता व्यक्त गर्दै उनले जतिसक्दो छिटो काम सम्पन्न गर्न आग्रह गरे ।
मन्त्री चौलागाईंले पश्चिम नेपाललाई जोड्ने यो महत्त्वपूर्ण सडक खण्डको आवागमन सहज बनाउन समयमै निर्माण पूरा गर्न आवश्यक तदारुकतामा जोड दिए । निरीक्षणका क्रममा उनले चिनियाँ ठेकेदार, कोरियन कन्सल्ट्यान्ट, साइट म्यानेजर तथा इन्जिनियरहरूसँग छलफल गर्दै आवश्यक सहजीकरण र प्रगति अनुगमनलाई प्रभावकारी बनाइने बताए ।
हाल उक्त सडक खण्डको ८० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको र बाँकी काम छिट्टै पूरा गरिने निर्माण कम्पनीले जानकारी दिइएको थियो ।
सडक डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक...
नवलपुर (नवलपरासी) – चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको...
बाँके–नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...