यामाहा एक्सएसआर १५५ भारतमा डेलिभरी सुरु, नियो–रेट्रो मोटरसाइकलप्रति बढ्यो उत्साह

यामाहाको नियो रेट्रो मोटरसाइकल एक्सएसआर १५५ अन्ततः भारतीय बजारमा आइपुगेको छ । कम्पनीले यसको डेलिभरी सुरु गरिसकेको छ र बाइक डिलरशिपमा पुग्ना बित्तिकै यसको भिडियो सामाजिक सञ्जालमा भाइरल पनि हुन थालेको छ ।

यामाहाले एक्सएसआर १५५ को मूल्य १ लाख ५० हजार भारु तोकेको छ। सो मोडल रोयल इन्फिल्ड हन्टर ३५० र टीभीएस रोनिन जस्ता लोकप्रिय मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।

एक्सएसआर १५५ को प्रमुख आकर्षण यसको डिजाइन मानिन्छ। यसमा गोलो एलईडी हेडल्याम्प, स्लिक बडीवर्क, आकर्षक ट्याङ्क डिजाइन र मिनिमिलिस्ट एप्रोच समावेश छ । सेफ्टीका लागि यसमा अल एलईडी लाइटिङ, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, ब्लुटुथ कनेक्टिभिटी, ड्युअल च्यानल एबीएस र असिस्ट एन्ड स्लिपर क्लचजस्ता आधुनिक फिचर समावेश छ ।  साथै यसमा १७ इन्च अलोय ह्विल र ट्युबलेस टायर पनि समावेश गरिएको छ ।

एक्सएसआर १५५ मा १५५ सीसी लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ र भेरिएबल भल्भ एक्चुएशन प्रविधिले सुसज्जित रहेको छ । सो बाइकले १८.१ बीएचपीको पावर र १४.२ एनएमको टर्क उत्पादन गर्छ । सो बाइक शहर तथा राजमार्ग दुबैमा सहज सवारी अनुभव प्रदान गर्छ ।

यामाहा एक्सएसआर १५५ को डेलिभरी सुरु भएसँगै भारतीय बजारमा नियो–रेट्रो मोटरसाइकलप्रतिको रुचि अझ बढ्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

औपचारिक रुपमै लन्च भयो नेपालमा यामाहा बीएस६ एफजेड–एस एफआई

औपचारिक रुपमै लन्च भयो नेपालमा यामाहा बीएस६ एफजेड–एस एफआई

काठमाडौं – नेपाली बजारमा यामाहाका बीएस६ मोडलका दुई मोटरसाइकल औपचारिक...

यामाहा एरोक्स १५५ स्कुटरको बिक्री शुरु, मूल्य ४ लाख ७४ हजार ९००

यामाहा एरोक्स १५५ स्कुटरको बिक्री शुरु, मूल्य ४ लाख ७४ हजार ९००

काठमाडौं – यामाहा एरोक्स १५५ स्कुटरको नेपालमा बिक्री शुरु भएको छ । यामाहा...

रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालको ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान

रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालको ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान

काठमाडौं–यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालले ७१.३३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...