आयो एमटी–१५ को अपडेटेड भर्सन

यामाहाले भारतीय बजारमा एमटी १५ को अपडेटेड भर्सन लन्च गरेको छ, जसमा नयाँ फिचर समावेश गरिएको छ । सो बाइक १ लाख ५९ हजार ९ सय भारुमा लन्च गरिएको हो ।

नयाँ यामाहा एमटी–१५ मा एलईडी पोजिसन लाइटहरू सहितको बाई–फंक्शनल एलईडी हेडलाइट, हाई रेज्ड एलईडी टेललाइट, २८२ एमएम फ्रन्ट र २२० एमएम रियर डिक्स ब्रेक, सिंगल च्यानल एबीएस, १४० एमएम सुपर वाइड रियर रेडियल टायर र साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच जस्ता फिचर समावेश छन् । सो बाइकको रङ सियान स्टर्म, रेसिङ ब्लू, आइस फ्लु– वर्मिलियन र मेटालिक ब्ल्याक विकल्पमा उपलब्ध छ ।

नयाँ यामाहा एमटी १५ मा लिक्विडकुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४–भल्भ र भेरिएबल भल्भ एक्चुएसन सिस्टम सहितको १५५ सीसी फ्युल इन्जेक्टेड इन्जिन जडान गरिएको छ । बाइकलाई उत्कृष्ट शिफ्टिङ ६ स्पिड गियरबक्ससँग जोडिएको छ । नयाँ एमटी–१५ ले १०,००० आरपीएममा १८.४ पीएस पावर र ७,५०० आरपीएममा १४.१ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा पुनः डिजाइन गरिएको र पूर्ण रूपमा डिजिटल एलसीडी क्लस्टर छ जसले एनिमेटेड टेक्स्ट डिस्प्ले गर्छ । यसको साथै गियर सिफ्ट, गियर पोजिसन र भिभीए इन्डिकेटर पनि देखाइन्छ । ब्लुटुथमा जडान हुने वाई–कनेक्ट एपको माध्यमले एलसीडी क्लस्टरमा कल, इमेल र एसएमएस अलर्टसँगै स्मार्टफोनको ब्याट्री स्थिति पनि देखिन्छ । यो एपले स्मार्टफोनमा मर्मत सिफारिस, पार्किङ स्थान, इन्धन खपत, रेभ ड्यासबोर्ड र ¥याकिंग पनि देखाउँछ ।

सम्बन्धित समाचारहरू

यामाहाको ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च

यामाहाको ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च

यामाहा मोटरले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च गरेको छ । सो मोडल...

हरेक दिन ३ जनाले ५० इन्चको स्मार्ट टिभी पाउने यामाहाको फेस्टिवल अफर ४ दिनपछि सकिँदै

हरेक दिन ३ जनाले ५० इन्चको स्मार्ट टिभी पाउने यामाहाको फेस्टिवल अफर ४ दिनपछि सकिँदै

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लू...

केही घण्टामै सोल्ड आउट भयो यामाहाको नयाँ क्याफे रेसर बाइक

केही घण्टामै सोल्ड आउट भयो यामाहाको नयाँ क्याफे रेसर बाइक

यामाहाले थाइल्याण्ड मोटर एक्सपोमा पहिलो पटक एक्सएसआर १५५ सार्वजनिक गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...