मोटरसाइकल र स्कुटरको बिक्रीमा आक्रमक देखियो यामाहा, नयाँ मोडल भित्राउने मामलमा समेत अगाडी

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज आक्रमक वजार रणनितीसहित बिक्री प्रवद्र्धनमा उत्रिएको छ । फलस्वरुप टु ह्विलर प्रेमीलाई आफ्नो ब्रान्डमा इन्गेज बनाइराख्न कम्पनीले हरेक दिनजसो केही न केही इभेन्ट तथा प्रमोशनल क्याम्पियन आयोजना गर्दै आइरहको छ । यसको साथै नयाँ मोडलका मोटरसाइकल र स्कुटर भित्राउने मामलामा समेत यो कम्पनी प्रतिस्पर्धी ब्रान्डको तुलनमा अगाडी नै रहेको देख्न सकिन्छ ।

टु ह्विलर सेग्मेन्टमा नेपालको नम्वर वान ब्रान्ड बन्ने लक्ष्य लिएको यामाहाले उक्त लक्ष्य हाँसिल गर्न विभिन्न प्रकारका रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै लगेको छ । स्कुटर सेग्मेन्टमा बजारको नेतृत्व गर्न जमर्को गरिरहेको यामाहाले आफ्नो लोकप्रिय मोडल रे जेडआरलाई जोडेर देशभर माइलेज टेष्ट क्याम्पियन आयोजना गरिरहेको छ । १२५ सिसी सेग्मेन्टमा सर्बाधिक माइलेज प्रदान गर्न सक्षम दाबी गरिएको यो स्कुटरले प्रतिलिटर पेट्रोलको खपतमा ५८ किलोमिटर माइलेज दिने दाबी गरिएको छ । उक्त दाबीलाई थप प्रमाणित गर्न कम्पनीले विभिन्न चरणमा माइलेज टेष्ट क्याम्पियन आयोजना गर्दै आएको हो । उक्त टेष्टमा आफूहरुले दावी गरिएकै माइलेज पाएको राइडरहरुले बताउँदै आएका छन् ।

एमएडब्लु इन्टरप्राइजेजले आयोजना गर्दै आइरहेको अर्को चर्चित र लोकप्रिय कार्यक्रम हो एक्सचेन्ज मेला । यो कम्पनीले ६ महिनाअघि एमटी १५ बिएस६ लाई एक्सचेन्ज मेलाको आयोजना गरी सार्बजनिक गरेको थियो । उक्त मेलामा केही ग्राहकलाई नयाँ वाइक हस्तान्तरण गर्न समेत भ्याएको कम्पनीले विचको समयमा देशभरबाट १ हजार हाराहारीमा यो वाइकको बुकिङ लिएको थियो ।

चिप्स अभावका कारण उत्पादन कटौती गर्नुपरेपछि सप्लाइमा देखिएको समस्याका कारण डेलीभरी दिन नसकिएको उक्त बाइकलाई अहिले आयोजना भैरहेको एक्सचेन्ज मेलामार्फत धमाधम डेलिभरी दिइरहेको छ । काठमाडौंको भृकुटिमन्डमा आयोजना भैरहेको महा एक्सचेन्ज मेलाको दौरान हालसम्म ५ सयभन्दा बढी ग्राहकलाई यो वाइक डेलिभरी गरिएको कम्पनीले बताएको छ ।

जारी मेलालाई कम्पनीले एक्सचेन्ज मेला भनेपनि यहाँको माहोल हेर्दा यसले एकल ब्रान्डको वृहत प्रदर्शनीकै झल्को दिइरहेको छ । मेला स्थालमा साजाइएका मोटरसाइकल तथा स्कुटर, व्यवस्थित तवरबाट मिलाइएका स्टल र दर्शकहरुका लागि उपलब्ध गराइएको सेवा सुविधालाई आधार मान्दा यसलाई एक एक्सचेन्ज मेलाभन्दा निकै उपल्लो स्तरको इभेन्ट मान्न सकिन्छ । जहाँ ग्राहकले टेष्ट राइड गरेकै भरमा हरेक दिन माउन्टेन फ्लाइटको टिकट जित्न सक्नेछन् ।

यो मेलामा कम्पनीले ३ नयाँ मोडलका मोटरसाइकल र स्कुटरलाई विशेष तवरबाट प्रदर्शन गरिरहेको छ । लामोसमयदेखी प्रतिक्षा गरिँदै आइएको एफजेड एक्स मोटरसाइकलदेखि आर१५ एम र कनेक्ट एक्स फिचर्ससहित भित्रिएको रे जेडआर स्कुटरले दर्शकहरुको ध्यान आकृष्ट गरिरहेको छ । यी नयाँ मोडलमा ग्राहकको रुची बुझ्ने र सोही अनुरुप लगत्तै लन्च गर्ने योजनामा आफूहरु रहेको मेला स्थलमा भेटिएका कम्पनीका सिइओ राजु क्षेत्रीले बताए ।

कुनैपनि नयाँ मोडललाई बजारमा लन्च गर्नुअघि सो मोडलको सडक परिक्षण र ग्राहकले देखाउने प्रारम्भिक प्रतिक्रियालाई आधार मानेर फूर्सदमा लन्च गर्ने आफूहरुको रणनिती अनुरुप नै यी मोडलको औपचारिक लन्च केही समयपछि गर्न लागिएको उनले नेपाल अटोलाई वताए । ‘ हामीले अहिले मेलास्थलबाटै यी नयाँ मोडलका वारेमा प्रतिक्रियाहरु बटुलिरहेका छौ । सो क्रममा ग्राहक र दर्शकहरुबाट प्रारम्भिक प्रतिक्रिया निकै उत्साहप्रद पाइरहेका कारण छिट्टै लन्च गर्ने योजना वनाएका छौ । सम्वभत मेलाको अन्तिम दिनसम्ममा यी नयाँ मोडलको औपचारिक लन्च गरिनेछ’ उनले भने ।

नेपालको टु ह्विलर बजारमा यामाहालाई नम्वर वान ब्रान्ड वनाउन आफूहरुको ध्यान केन्द्रित रहेको सिइओ क्षेत्रीले सगर्व बताए । जसका लागी विक्री संगसंगै देशभर सर्भिस र स्पेयर पार्टसको नेटवर्क विस्तारमा समेत आक्रमक भएर लागिपरेको उनको भनाई छ । उनले देखाएको आत्मविश्वास, ग्राहकको वढ्दो आकर्षण र रचनात्मक तथा सृजनशिल बजार प्रवद्र्धनका कार्यक्रमलाई आधार मान्दा यो व्रान्डले छिट्टै नेपालको टु ह्विलर बजारमा नेतृत्वदायी हिस्सा लिनेमा विश्वस्त वन्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

१२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका ३ स्कुटर, जसमा छ बीएस ६ र एफआई इन्जिन

१२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका ३ स्कुटर, जसमा छ बीएस ६ र एफआई इन्जिन

नेपाली टु ह्विलर बजारमा पछिल्लो बीएस ६ मापदण्डमा आधारित मोटरसाइकल र...

यसरी जित्न सकिन्छ यामाहा मोटरसाइकल वा स्कुटर किन्दा आइफोन १४ र अन्य धेरै पुरस्कार

यसरी जित्न सकिन्छ यामाहा मोटरसाइकल वा स्कुटर किन्दा आइफोन १४ र अन्य धेरै पुरस्कार

नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि...

नयाँ फिचर र कलर स्किमका साथ हाइब्रिड भर्सनमा आयो यामाहा फेसिनो १२५ एफआई स्कुटर

नयाँ फिचर र कलर स्किमका साथ हाइब्रिड भर्सनमा आयो यामाहा फेसिनो १२५ एफआई स्कुटर

यामाहाले फेसिनो १२५ एफआई स्कुटरलाई हाइब्रिड भर्सनमा सार्वजनिक गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...