थाइल्याण्डमा यामाहाका उत्कृष्ट डिलर सम्मानित, नेपालमा इलेक्ट्रिक बाइक सार्वजनिक गर्ने घोषणा
काठमाडौँ – यामाहा नेपालले आफ्नो पार्ट्नर्स मीट २०२६’ थाइल्यान्डमा...
काठमाडौं–यामाहाले आफ्नो १२५ सिसि स्कुटर रेन्जलाई नयाँ अवतारमा ल्याएको छ । कम्पनीले रेजेडआर, रेजेडआर स्ट्रिट -याली, फेसिनो र फेसिनो एस मोडललाई नयाँ फिचर, आकर्षक रङ र अत्याधुनिक प्रविधिसहित अद्यावधिक गर्दै सार्वजनिक गरेको हो ।
नयाँ २०२६ संस्करणको यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडलाई थप नयाँ रङ र परिमार्जित ग्राफिक्सका साथ प्रस्तुत गरिएको छ । यसको स्ट्रिट -याली भेरियन्टमा टर्न–बाई–टर्न नेभिगेसन सुविधा युक्त नयाँ कलर टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल राखिएको छ, जसले चालकलाई यात्राका क्रममा बाटो पहिल्याउन थप सहज बनाउनेछ ।
त्यसैगरी, नयाँ फेसिनो १२५ एफआई हाइब्रिड पनि नयाँ रङका साथै टर्न–बाई–टर्न नेभिगेसन र ‘आन्सर ब्याक’ फिचरसहितको कलर टीएफटी डिस्प्लेमा उपलब्ध गराइएको छ ।
यी दुवै स्कुटरमा १२५ सिसि, फ्युल–इन्जेक्टेड सिंगल–सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसलाई यामाहाको स्मार्ट मोटर जेनेरेटर हाइब्रिड सिस्टमसँग जोडिएको छ । यसका साथै स्कुटरमा सवारी सञ्चालनलाई अझ सहज र किफायती बनाउन इन्हान्सड पावर असिस्ट, साइलेन्ट स्टार्ट सिस्टम र स्टप एन्ड स्टार्ट सिस्टम जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...