नयाँ इन्जिनसहित लन्च गर्ने तयारीमा यामाहा आरएक्स१००

यामाहाले चाँडै नै आफ्नो सबैभन्दा लोकप्रिय बाइक आरएक्स१०० बाइक नयाँ इन्जिन सहित पुन भारतीय बजारमा लन्च गर्ने तयारी गरिरहेको छ ।

भारतमा यामाहा आरएक्स१०० पहिलो पटक सन् १९८५ मा लन्च गरिएको थियो । सो बाइक लन्च हुँदा यसको लोकप्रियता निकै चुलिएको थियो र यसको माग पनि बढी थियो । सेकेन्ड ह्याण्ड बजारमा पनि यसको लोकप्रियता थियो । यामाहा आरएक्स१०० कम्पनीले बनाएको उत्कृष्ट बाइक मध्ये एक मानिन्छ ।

कम्पनीले मार्च १९९६ मा यसको उत्पादन बन्द गरेको थियो । तर अब यो बाइक भारतीय बजारमा पुनरागमन गर्ने तयारीमा छ ।

रिपोर्टका अनुसार नयाँ बाइक आरएक्स नेमप्लेटसँग प्रस्तुत हुनेछ, तर यसको नाम आरएक्स१०० भन्दा फरक हुने सम्भावना छ । सो बाइकमा २२५.९ सीसी इन्जिन समावेश हुनेछ, जसले २०.१ बीएचपीको पावर र १९.९३ एनएमको टर्क जेनेरेट गर्नेछ ।

डिजाइन र लुक्सको बारेमा कुरा गर्दा नयाँ बाइक आरएक्स१०० मा आधारित हुने सम्भावना रहेको हुनाले नयाँ मोडलमा पुरानो मोडलका केही झलक देखिनेछ । रिपोर्टका अनुसार सो बाइकको मूल्य १ लाख २५ हजार र १ लाख ५० हजार भारु बीच हुने दाबी पनि गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा भोलि यामाहा आर१५एम औपचारिक रुपमा सार्वजनिक गरिने, कति पर्ला मूल्य

नेपाली बजारमा भोलि यामाहा आर१५एम औपचारिक रुपमा सार्वजनिक गरिने, कति पर्ला मूल्य

काठमाडौं – नेपाली बजारमा भोलि देखि यामाहाको नयाँ मोटरसाइकल आर१५एम औपचारिक...

२०२५ यामाहा आर १५ नयाँ रङसहित अपडेट, विश्वव्यापी रूपमा लोकप्रिय रङ पनि समावेश

२०२५ यामाहा आर १५ नयाँ रङसहित अपडेट, विश्वव्यापी रूपमा लोकप्रिय रङ पनि समावेश

यामाहा मोटरले आफ्नो लोकप्रिय स्पोर्ट्स बाइक सिरिज आर १५ नयाँ लुकका साथ...

ब्लू स्ट्रिक्सका च्याप्टर लिडरलाई यामाहाको विशेष रोड मार्शल प्रशिक्षण

ब्लू स्ट्रिक्सका च्याप्टर लिडरलाई यामाहाको विशेष रोड मार्शल प्रशिक्षण

काठमाडौं – ब्लु स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिङ इभेन्टको सफलतापछि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...