यामाहा नेपालले ल्यायो पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ हाइब्रिड

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले स्मार्ट मोटर जेनेरेटर सहितको नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ हाइब्रिड सार्वजनिक गरेको छ । सो स्कुटर स्ट्यान्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी चार ट्रिमहरुमा उपलब्ध छ ।

रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा १२५ सीसीको शक्तिशाली एयरकुल्ड, फ्युल इन्जेक्टेड अर्थात एफआई ब्लुकोर इन्जिन रहेको छ । हाइब्रिड भेरिएन्टले स्मार्ट मोटर जेनेरेटरलाई गतिरोधको समयमा शक्ति सहायता प्रदान गर्छन् । साइलेन्ट स्टार्टर समेत भनेर चिनिने यो प्रविधिकै कारण इलेक्ट्रिक मोटरको रुपमा दोब्बर क्षमता हुन्छ । शुरुमा पिकअप लिदा इन्जिन र ब्याट्री पावर दुवै प्रयोग हुने हाइब्रिड प्रविधिको स्कुटर भएकाले यो अहिले धेरैको रोजाइमा पर्ने गरेको छ । यसले इन्धनको बचत गर्नुका साथै समग्र सवारी अनुभवलाई पनि बढाउछ ।

१४५ एमएमको ग्राउन्ड क्लियरेन्स र ९९ किलोग्राम मात्र तौल भएको सो स्कुटरमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कटअफ फङसन र २१ लिटर अन्डर सिट स्टोरेज लगायतका सुविधा छन् ।

रे जेडआर १२५ हाइब्रिड पुनः डिजाइन गरिएको, पूर्ण रुपमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र स्ट्यान्डर्ड एलईडी हेडल्याम्प सहितको विशेषताले सुसज्जित छ, जसले अधिकतम भिजिबिलिटी र सुविधा सुनिश्चित गर्छ । यसमा आइडियल स्टार्टरस्टप टेक्नोलोजीको प्रयोग गरिएको छ । साथै पावर एसिस्टको प्रयोग गरिएकोले उकालो बाटोमा चलाउँदा पनि यसले ठूलो आवाज गर्दैन ।

यामाहा नेपालका सीईओ राजु क्षेत्रीले अल्टिमेट स्कुटर बाइकिङ एरोक्सको सफल सुरुवात पछि नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ लन्च गर्न पाएकोमा खुसी व्यक्त गर्दै ग्राहकलाई अत्याधुनिक उत्पादनहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

रे जेडआर १२५ हाइब्रिड स्ट्यान्डर्डको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

बढ्यो यामाहा मोटरसाइकल र स्कुटरको मूल्य : यस्तो छ नयाँ मूल्य सूची

बढ्यो यामाहा मोटरसाइकल र स्कुटरको मूल्य : यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा यामाहा मोटरसाइकल र स्कुटरको फेरि मूल्य वृद्धि...

देशभरका यामाहा शोरुममा हिमालय रोडिज सिजन ५ को यामाहा फिल्ड अडिसन हुँदै

देशभरका यामाहा शोरुममा हिमालय रोडिज सिजन ५ को यामाहा फिल्ड अडिसन हुँदै

काठमाडौं – यामाहा रेसिङको प्रस्तुति हिमालय रोडिज सिजन ५ को यामाहा फिल्ड...

अव मोटरसाइकलमा पनि पावर स्टेरिङ, यामाहाले थाल्यो तयारी

अव मोटरसाइकलमा पनि पावर स्टेरिङ, यामाहाले थाल्यो तयारी

यामाहाले मोटरसाइकलमा पनि पावर स्टेरिङ टेक्नोलोजीलाई प्रयोगमा ल्याउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...