यामाहाले गुपचुप लन्च ग-यो सस्तो स्पोर्ट्स बाइक, यस्तो छ विशेषता

यामाहाले गोप्य तरिकाले आर१५ भी४ डार्क नाइट एडिसन बाइक १ लाख ८२ हजार भारु मूल्यमा लन्च गरेको छ । यसमा ब्ल्याक र गोल्डेन रङ प्रयोग गरिएको छ । जसले बाइकलाई निकै आकर्षक बनाएको छ ।

कम्पनीले आर१५ भी४ डार्क नाइट एडिसनको इन्जिन र पावरमा कुनै परिवर्तन गरेको छैन । यसमा १५५ सीसीको लिक्विड कुल्ड, ४ भल्भ इन्जिनको प्रयोग गरिएको छ, जसले १८.४ एचपीको पावर र १४.२ एनएमको टर्क जेनेरेट गर्छ । बाइकमा स्लिपर क्लचसहित ६ स्पिड गियरबक्स दिइएको छ ।

कम्पनीले सो बाइकमा डेल्टा बक्स फ्रेम प्रयोग गरेको छ । आरामको लागि बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक सस्पेन्सन युनिट प्रयोग गरिएको छ । सेफ्टीका लागि बाइकमा ड्युअल डिस्क ब्रेक र ड्युअल च्यानल एबीएस जडान गरिएको छ ।

यामाहा आर१५ भी४ बाइकले भारतीय बजारमा जिक्सर एसएफ२५० र केटीएम आरसी २०० सँग प्रतिस्पर्धा गर्नेछ । हाल सो बाइकसँग प्रतिस्पर्धा गर्न हिरो मोटोकर्पले चाँडै नै फुल्ली फेयर्ड करिज्मा एक्सएमआर लन्च गर्ने योजना बनाइरहेको छ ।

सम्बन्धित समाचारहरू

यामाहा बाइक वा स्कुटर किन्ने ४ जनाले थाइल्याण्डको चाङ अन्तर्राष्ट्रिय सर्किटमा मोटोजिपी हेर्न पाउने

यामाहा बाइक वा स्कुटर किन्ने ४ जनाले थाइल्याण्डको चाङ अन्तर्राष्ट्रिय सर्किटमा मोटोजिपी हेर्न पाउने

काठमाडौँ — नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले...

आन्सर ब्याक फिचरसहित लन्च भयो यामाहाको फेसिनो एस स्कुटर

आन्सर ब्याक फिचरसहित लन्च भयो यामाहाको फेसिनो एस स्कुटर

यामाहाले विशेष फिचरसहितको फेसिनो एस स्कुटर भारतीय बजारमा लन्च गरेको छ ।...

विवाहको सिजनलाई लक्षित गरी यामाहा नेपालले ल्यायो यस्तो अफर

विवाहको सिजनलाई लक्षित गरी यामाहा नेपालले ल्यायो यस्तो अफर

काठमाडौं–नेपालमा विवाहको सिजन सुरु भएसँगै यामाहाले आफ्नो वार्षिक विवाह...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...