यामाहाले गुपचुप लन्च ग-यो सस्तो स्पोर्ट्स बाइक, यस्तो छ विशेषता

यामाहाले गोप्य तरिकाले आर१५ भी४ डार्क नाइट एडिसन बाइक १ लाख ८२ हजार भारु मूल्यमा लन्च गरेको छ । यसमा ब्ल्याक र गोल्डेन रङ प्रयोग गरिएको छ । जसले बाइकलाई निकै आकर्षक बनाएको छ ।

कम्पनीले आर१५ भी४ डार्क नाइट एडिसनको इन्जिन र पावरमा कुनै परिवर्तन गरेको छैन । यसमा १५५ सीसीको लिक्विड कुल्ड, ४ भल्भ इन्जिनको प्रयोग गरिएको छ, जसले १८.४ एचपीको पावर र १४.२ एनएमको टर्क जेनेरेट गर्छ । बाइकमा स्लिपर क्लचसहित ६ स्पिड गियरबक्स दिइएको छ ।

कम्पनीले सो बाइकमा डेल्टा बक्स फ्रेम प्रयोग गरेको छ । आरामको लागि बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक सस्पेन्सन युनिट प्रयोग गरिएको छ । सेफ्टीका लागि बाइकमा ड्युअल डिस्क ब्रेक र ड्युअल च्यानल एबीएस जडान गरिएको छ ।

यामाहा आर१५ भी४ बाइकले भारतीय बजारमा जिक्सर एसएफ२५० र केटीएम आरसी २०० सँग प्रतिस्पर्धा गर्नेछ । हाल सो बाइकसँग प्रतिस्पर्धा गर्न हिरो मोटोकर्पले चाँडै नै फुल्ली फेयर्ड करिज्मा एक्सएमआर लन्च गर्ने योजना बनाइरहेको छ ।

सम्बन्धित समाचारहरू

यामाहाले रे जेडआर फेन्टासी लिगका लागि ‘रुटिन अफ नेपाल बन्द’ सँग सहकार्य गर्दै

यामाहाले रे जेडआर फेन्टासी लिगका लागि ‘रुटिन अफ नेपाल बन्द’ सँग सहकार्य गर्दै

काठमाडौँ — नेपालमा फुटबल क्रेज निकै लोभलाग्दो छ । नेपाली फुटबल समर्थकहरू...

एफआई प्रविधीका २ लाख बढी यामाहा वाइक नेपाली सडकमा, एफजेड भी३ मा अब १० वर्ष वारेन्टि

एफआई प्रविधीका २ लाख बढी यामाहा वाइक नेपाली सडकमा, एफजेड भी३ मा अब १० वर्ष वारेन्टि

काठमाडौं– नेपालमा यामाहाको फ्युल इन्जेक्सन(एफआई) प्रविधी जडित मोटरसाइकल...

यामाहा, टीभीएस र होन्डाका बीएस६ मोटरसाइकल स्कुटर, यस्तो छ बीएस४ र बीएस६ मूल्य अन्तर

यामाहा, टीभीएस र होन्डाका बीएस६ मोटरसाइकल स्कुटर, यस्तो छ बीएस४ र बीएस६ मूल्य अन्तर

भारतमा डेढ बर्षअघि नै बीएस६ मापदण्डलाई अनिवार्य गरिएपनि नेपालमा भने बीएस४...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...