आर१५ भी४ को डेलिभरी प्रारम्भ : यस्तो छ फिचर र मूल्य

यामाहा मोटर इन्डियाले हालै नयाँ जेनेरेसनको वाईजेडएफ–आर१५ भी४.० बाइक लन्च गरेको छ । नयाँ स्पोर्ट्स बाइकसँगै कम्पनीले भारतमा एरोक्स १५५ स्कुटर पनि लन्च गरेको छ । लन्चिङको केही दिन भित्रै कम्पनी ग्राहकको लागि नयाँ स्पोर्ट्स बाइक डिलिभरी सुरु गर्न थालेको छ । भारत संसारको पहिलो देश हो जहाँ कम्पनीले नयाँ जेनेरेशनको आर १५ लन्च गरेको छ ।

यो कम्पनीको इन्ट्री लेवल स्पोर्ट बाइकमा चौथो जेनेरेशन मोडेल हो । कम्पनीले यसलाई दुई भेरिएन्ट स्ट्यान्डर्ड र हाई स्पेक एममा लन्च गरेको छ । कम्पनीले यसको मूल्य १ लाख ६७ हजार ८ सयदेखि १ लाख ७९ हजार ८ सय भारु बीच राखेको छ । यो मूल्य कम्पनीको अघिल्लो मोडेल भन्दा १० हजार भारु महँगो छ ।

नयाँ आर१५ भी४ भारतमा पाँच रङमा उपलब्ध हुनेछ । साथै, बाइकमा फस्र्ट–इन–क्लास फिचर समावेश गरेको छ । नयाँ बाइकमा ट्रयाक्शन कन्ट्रोल सिस्टमको साथमा क्विड शिफ्टर सहित अन्य अपडेट फिचर समावेश गरेको छ । सामान्यतया यी फिचरहरु हायर र बढि प्रिमियम सुपरबाइकमा देख्न सकिन्छ ।

साथै बाइकमा अपसाइड डाउन फ्रन्ट फोर्क, ब्लुटुथ कनेक्टिभिटी, यामाहा मोटरसाइकल कनेक्ट र गियर शिफ्ट इन्डिकेटरको साथमा वाईजेडएफ–आर१ बाट प्रेरित नयाँ एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर र ट्रयाक एन्ड स्ट्रिट मोड समावेश गरेको छ ।

बाइकको एक्सटेरियर डिजाइन यामाहा वाईजेडएफ–आर७ बाट प्रभावित भएको देख्न सकिन्छ । नयाँ जेनेरेशन आर१५मा नयाँ रेन्ज टापिङ एम ट्रिम पनि उपलब्ध रहेको छ । जसमा स्ट्यान्डर्ड भेरिएन्टको तुलनामा बढी फिचर समावेश रहेको छ ।

नयाँ स्पोर्टस् बाइकमा १५५ सीसी, ४ स्ट्रोक, लिक्विड कुल्ड, एसओएचसी, ४ भल्भ इन्जिन उपलब्ध रहेको छ । सो इन्जिनले १०००० आरपीएममा १८.४ पीएसको पावर र ७५०० आरपीएममा १४.२ एनएमको टर्क जेनेरेट गर्छ । भेरिएबल भल्व एक्चुएशनको साथमा फ्युल इन्जेक्टेड मोटरलाई ६ स्पिड गियरबक्समा जोडिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रियो आर१५ एम : बुकिङ गर्न सकिने

नेपाल भित्रियो आर१५ एम : बुकिङ गर्न सकिने

काठमाडौं – नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल आर१५ एम भित्रिएको छ ।...

प्रतीक्षामा यामाहा एफजेड–एक्स नियो–रेट्रो मोटरसाइकल

प्रतीक्षामा यामाहा एफजेड–एक्स नियो–रेट्रो मोटरसाइकल

यामाहा मोटर इन्डियाले छिट्टै नै भारतमा नयाँ एफजेड–एक्स नियो–रेट्रो...

मासिक ६ हजार किस्तामा यामाहा रे–जेडआर १२५ एफआई

मासिक ६ हजार किस्तामा यामाहा रे–जेडआर १२५ एफआई

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडव्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...