अटो शोमा यामाहा डब्लुआर १५५ आर एडभेन्चर र एमटी–१५ भर्सन २, यस्तो छ मूल्य
काठमाडौं–नाडा अटो शोमा यामाहाले आफ्नो नयाँ एडभेन्चर बाचयक डब्लुआर १५५...
काठमाडौं – नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल आर१५ एम भित्रिएको छ । यामाहाले भृकुटीमण्डपमा गरिरहेको महा एक्सचेन्ज मेलामा सो मोटरसाइकल प्रदर्शन गरेको छ । ग्राहकले यसको बुकिङ गर्न सक्ने कम्पनीको भनाइ छ ।
यामाहाको एम सिरिजको मोटरसाइकल आर१५एममा पहिलेकै आर१५ मा भएको १५५ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले १८.५ बीएचपी पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स छ भने स्लिपर एन्ड असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा छ । यसमा ६–स्पिड गियरबक्स दिइएको छ ।
त्यसैगरी यो मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोलका साथै क्विक सिफ्टर र स्लिपर क्लचसमेत दिएको छ । यसमा डेल्टाबक्स फ्रेम र आल्मुनियम स्विङ आर्मको प्रयोग गरिएको छ ।
क्विकसिफ्टर यसमा भएको विशेष फिचर हो । यसका कारण निश्चित गति भन्दा बढी चलाउदा गियरसिफ्ट आर्फै हुन्छ र घटाउदा मात्र गियरको प्रयोग गर्नुपर्छ । त्यसैगरी यसमा अपसाइड डाउन टेलिस्कोपिक सस्पेन्सन छ, जसले गर्दा ट्राफिक जाम भएको समयमा चलाउन सहज हुन्छ ।
यो बाइकमा प्रोजेक्टर एलईडी ल्याम्प छ भने एरोडाइनामिक बडीले यसको लुक आकर्षक देखिएको छ । डिजिटल कन्सोल भएको सो बाइकमा स्पोर्ट र स्ट्रिट गरी दुई राइडिङ मोड उपलब्ध छ ।
त्यसैगरी यो बाइकमा साइड स्ट्यान्ड सेन्सर, परिस्कृत रियर फेन्डर आदि विशेषता उपलब्ध छन् ।
यसको मूल्य भने अहिले तोकिएको छैन । केही दिन पश्चात औपचारिक लन्च गरिने र यसको मूल्य पनि सार्वजनिक गर्ने कम्पनीको भनाइ छ ।
काठमाडौं–नाडा अटो शोमा यामाहाले आफ्नो नयाँ एडभेन्चर बाचयक डब्लुआर १५५...
नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...
यामाहाले आफ्नो चर्चित मोटरसाइकल आर१५ को उत्पादन १० लाख यूनिट नाघेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...