सर्वोत्कृष्ट खेलाडी रुविना क्षेत्रीलाई यामाहाले हस्तान्तरण ग-यो हाइब्रिड स्कुटर

काठमाडौं – प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट भएकी रुविना क्षेत्रीलाई यामाहाको रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर हस्तान्तरण गरिएको छ ।

कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत हुन् ।

प्लेयर अफ द सिरिजको रुपमा सर्वोत्कृष्ट खेलाडीलाई यामाहाले सो हाइब्रिड स्कुटर प्रदान गर्ने घोषणा पहिले नै गरेको थियो । यस अनुसार हिजो एक कार्यक्रमका बिच सो स्कुटर रुविनालाई हस्तान्तरण गरिएको हो । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु यामाहा डिभिजनकी चिफ मार्केटिङ अफिसर पुनम सिंहले सो स्कुटर हस्तान्तरण गरिन् ।

यसमा १२५ सीसीको बीएस ६ मापदण्डयुक्त यामाहाको प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन रहेको जनाइएको छ । यसमा अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर रहेको कम्पनीले जनाएको छ ।

यसको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

यामाहा ल्यायो ट्याक्स रिल्याक्स स्किम : २ वर्ष सम्मकै ट्याक्स यामाहाले तिरिदिने

यामाहा ल्यायो ट्याक्स रिल्याक्स स्किम : २ वर्ष सम्मकै ट्याक्स यामाहाले तिरिदिने

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

यामाहा नेपालले ल्यायो पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ हाइब्रिड

यामाहा नेपालले ल्यायो पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ हाइब्रिड

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

यामाहाले उत्कृष्ट डिजाइन र एड्भान्स फिचरले सुसज्जित एमटी ०९ एसपी बाइक जुनमा लन्च गर्दै

यामाहाले उत्कृष्ट डिजाइन र एड्भान्स फिचरले सुसज्जित एमटी ०९ एसपी बाइक जुनमा लन्च गर्दै

यामाहाले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा एमटी ०९ एसपी प्रदर्शन गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...