यामाहाले नेपाल ल्यायो एक्सएसआर १५५ को नयाँ भेरियन्ट, मूल्य कति ?
काठमाडौं–यामाहा एक्सएसआर १५५ को नयाँ खरानी–हरियो मेटालिक कलर भेरियन्ट...
काठमाडौं - यामाहा नेपालले दसैँ–तिहार लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानका विजेतालाई सम्मान गरेको छ। अभियानअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३० हजार रुपैयाँ नगद पुरस्कार जितेकी छन् भने पोखराका तेजबहादुर थापाले ब्रान्ड न्यू यामाहा आर१५ एस मोटरसाइकल प्राप्त गरेका छन्।
सरस्वतीले बुटवलस्थित यामाहाको आधिकारिक डिलर बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड स्कुटर खरिद गरेकी थिइन्। अभियानको ग्रान्ड प्राइज विजेता बनेसँगै उनले १०.३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी हुन्।
त्यस्तै, पोखराका तेजबहादुर थापाले पोखरास्थित यामाहाको आधिकारिक डिलर भीएडब्लू इन्टरप्राइजेज प्रालिबाट सोही मोडलको स्कुटर खरिद गरेपछि यामाहा आर१५ एस मोटरसाइकल जितेका छन्।
यामाहाका अनुसार अभियानमा देशभरबाट एक लाखभन्दा बढी ग्राहकले दर्ता गराएका थिए। यस क्रममा हजारौँ ग्राहकले १० हजारदेखि १० लाख रुपैयाँसम्मका नगद पुरस्कार जित्ने अवसर पाएका थिए। साथै, साप्ताहिक विजेताहरूलाई एप्पलका विभिन्न ग्याजेट प्रदान गरिएको थियो। अभियान अवधिभर १० हजारभन्दा बढी ग्राहकले यस्ता ग्याजेट जितेको कम्पनीले जनाएको छ।
दसैँ–तिहारलाई लक्षित गरी ल्याइएको यस अभियानमार्फत यामाहाले मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई नगद पुरस्कार र विभिन्न उपहार जित्ने अवसर दिएको थियो। ग्राहकलाई सवारीसाधन खरिदको अनुभव थप विशेष बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीको भनाइ छ।
नेपालभर १०५ भन्दा बढी आधिकारिक डिलर रहेको यामाहाले बिक्री, सर्भिस र स्पेयर पार्ट्स (थ्रीएस) सुविधामार्फत ग्राहकलाई सेवा दिँदै आएको छ। कम्पनीले मोटरसाइकल तथा स्कुटरको बिक्रीसँगै बिक्रीपछिको सेवा र सक्कली स्पेयर पार्ट्सको उपलब्धतालाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...