नेपालमा लन्च भयो बीएस६ भर्सनको यामाहा एमटी–१५, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले बीएस६ भर्सनको एमटी–१५ लन्च गरेको छ । भृकुटीमण्डपमा जारी यामाहा महा एक्सचेन्ज मेलामा सो बाइक सार्वजनिक गरिएको हो ।

बाइकको मूल्य ४ लाख ४९ हजार ९ सय, ४ लाख ५४ हजार ९ सय र ४ लाख ५९ हजार ९ सय रुपैयाँ छ । कलर अनुसार बाइकको मूल्यमा फरक छ ।

एमटी–१५ मा बीएस६ मापदण्डयुक्त १५५ सीसी लिक्विडकुल्ड फोरस्ट्रोक एसओएचसी फोर भल्व इन्जिन हुनेछ, जसले १८.५ पीएस पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ ।

पहिले बजारमा उपलब्ध बीएस४ इन्जिनयुक्त एमटी–१५ को तुलनामा यसमा मेकानिकल बाहेक अन्य कुनै फिचरमा परिमार्जन गरिएको छैन । यसको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक दिइएको छ । डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल रहेको यो मोटरसाइकलमा एलइडी हेडलाईट र एबीएसको विशेषता रहेको छ ।

हाल सम्म १ सय ८० वटा मोटरसाइकल बुकिङ भइसकेको र ती मध्ये एक जनालाई आज डेलिभरी गरिएको थियो । बाइक किन्ने ग्राहकलाई ज्याकेट र हेल्मेटलगायतका एसेसरिज समेत उपलब्ध गराइने छ ।

सम्बन्धित समाचारहरू

एफआई प्रविधीका २ लाख बढी यामाहा वाइक नेपाली सडकमा

एफआई प्रविधीका २ लाख बढी यामाहा वाइक नेपाली सडकमा

नेपालमा यामाहाको फ्युल इन्जेक्सन(एफआई) प्रविधी जडित मोटरसाइकल तथा...

बढ्दै छ यामाहा बाइक र स्कुटरको मूल्य, ल्यायो ८ हजार सम्म छुट सहितको स्किम

बढ्दै छ यामाहा बाइक र स्कुटरको मूल्य, ल्यायो ८ हजार सम्म छुट सहितको स्किम

काठमाडौं – यामाहा बाइक र स्कुटरको मूल्य छिट्टै नै बढ्ने भएको छ । यामाहाको...

यामाहा महा एक्सचेन्ज मेला हुने, पुराना बाइक वा स्कुटरसँग नयाँ बाइक स्कुटर साट्दा फाइदै फाइदा

यामाहा महा एक्सचेन्ज मेला हुने, पुराना बाइक वा स्कुटरसँग नयाँ बाइक स्कुटर साट्दा फाइदै फाइदा

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा यामाहा महा एक्सचेन्ज मेला हुने भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...