यामाहा एमटी–०९ मा हुनेछ वाई–एएमटी प्रविधि, थम्ब कन्ट्रोलबाटै गियर चेन्ज गर्न सकिने

यामाहाले एमटी–०९ मोटरसाइकलमा नयाँ वाई–एएमटी सिस्टम उपलब्ध हुने घोषणा गरेको छ । गत महिना सार्वजनिक गरिएको नयाँ वाई–एएमटी अटोमेटिक गियरबक्स प्रयोग भएको पहिलो मोटरसाइकल एमटी–०९ हुने जानकारी यामाहाले सार्वजनिक गरेको हो ।

यामाहा अटोमेटेड म्यानुअल ट्रान्समिसन अर्थात वाई–एएमटीले फुट सिफ्टर प्रयोग गरी गियर सिफ्ट गर्ने झन्झटबाट चालकलाई मुक्ति दिनेछ । यसको सट्टामा गियरबक्समा थम्ब सिफ्टरमार्फत म्यानुअल रुपमा गियर चेन्ज गर्न सकिने छ ।

वाई–एएमटीले पर्फमेन्सलाई बढी फोकस गर्ने भएकाले समेत यसका लागि एमटी–०९ लाई रोजेको यामाहाको भनाइ छ । एमटी–०९ को इन्जिनलाई ट्रेसर, एक्सएसआर र निकेनमा समेत प्रयोग गरिएको छ । नयाँ आर९ मा समेत यसको प्रयोग गरिएको चर्चा पनि छ ।

वाई–एएमटी गियरबक्सले सिस्टममार्फत काम गर्नका लागि दुई एक्चुएटर प्रयोग गर्छ र यसले गर्दा क्लच लिभर वा सिफ्टर लिभर हुँदैन । यसको सट्टामा राइडरले थम्ब कन्ट्रोलको प्रयोग गरी म्यानुअल मोडमा गियरबक्सलाई अप वा डाउन गर्न सक्छ ।

म्यानुअल मोड वाहेक गियरक्समा डी र डी प्लस अटोमेटिक मोड पनि हुन्छ । पर्फमेन्स राइडका लागि यसको प्रयोग गर्न सकिन्छ ।

यामाहाको यो नयाँ प्रविधिले मोटरसाइकल राइडिङमा एक नयाँ प्रयोग उपलब्ध गराउने छ ।

सम्बन्धित समाचारहरू

इन्द्र नारायण चोङबाङ भए यामाहा ‘रेस फर द एस’का विजेता, १२ तोला सुन पाउने

इन्द्र नारायण चोङबाङ भए यामाहा ‘रेस फर द एस’का विजेता, १२ तोला सुन पाउने

काठमाडौँ – यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु...

तपाईले स्कुटर चलाउने तरिका ठिक छ त ? यसरी भइरहेको छ गल्ती

तपाईले स्कुटर चलाउने तरिका ठिक छ त ? यसरी भइरहेको छ गल्ती

पुराना स्कुटरको युग सकिएपछि हाल नयाँ प्रविधियुक्त स्कुटरले आफ्नो छुट्टै...

एक सातामै सोल्ड आउट भयो नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल, अर्को ब्याचका लागि प्रि-बुकिङ खुला

एक सातामै सोल्ड आउट भयो नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल, अर्को ब्याचका लागि प्रि-बुकिङ खुला

काठमाडौँ – यामाहा नेपालले हालै सार्वजनिक गरेको एफजेडएस एफआई हाइब्रिड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...