यामाहा महा एक्सचेन्ज मेला प्रारम्भ, हरेक दिन एक जनाले सुनको सिक्का पाउने
काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा यामाहा महा एक्सचेन्ज मेला प्रारम्भ...
यामाहाले एमटी–०९ मोटरसाइकलमा नयाँ वाई–एएमटी सिस्टम उपलब्ध हुने घोषणा गरेको छ । गत महिना सार्वजनिक गरिएको नयाँ वाई–एएमटी अटोमेटिक गियरबक्स प्रयोग भएको पहिलो मोटरसाइकल एमटी–०९ हुने जानकारी यामाहाले सार्वजनिक गरेको हो ।
यामाहा अटोमेटेड म्यानुअल ट्रान्समिसन अर्थात वाई–एएमटीले फुट सिफ्टर प्रयोग गरी गियर सिफ्ट गर्ने झन्झटबाट चालकलाई मुक्ति दिनेछ । यसको सट्टामा गियरबक्समा थम्ब सिफ्टरमार्फत म्यानुअल रुपमा गियर चेन्ज गर्न सकिने छ ।
वाई–एएमटीले पर्फमेन्सलाई बढी फोकस गर्ने भएकाले समेत यसका लागि एमटी–०९ लाई रोजेको यामाहाको भनाइ छ । एमटी–०९ को इन्जिनलाई ट्रेसर, एक्सएसआर र निकेनमा समेत प्रयोग गरिएको छ । नयाँ आर९ मा समेत यसको प्रयोग गरिएको चर्चा पनि छ ।
वाई–एएमटी गियरबक्सले सिस्टममार्फत काम गर्नका लागि दुई एक्चुएटर प्रयोग गर्छ र यसले गर्दा क्लच लिभर वा सिफ्टर लिभर हुँदैन । यसको सट्टामा राइडरले थम्ब कन्ट्रोलको प्रयोग गरी म्यानुअल मोडमा गियरबक्सलाई अप वा डाउन गर्न सक्छ ।
म्यानुअल मोड वाहेक गियरक्समा डी र डी प्लस अटोमेटिक मोड पनि हुन्छ । पर्फमेन्स राइडका लागि यसको प्रयोग गर्न सकिन्छ ।
यामाहाको यो नयाँ प्रविधिले मोटरसाइकल राइडिङमा एक नयाँ प्रयोग उपलब्ध गराउने छ ।
काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा यामाहा महा एक्सचेन्ज मेला प्रारम्भ...
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज...
यामाहाले भारतमा उत्पादन गरेको स्कुटर रे–जेडआर १२५ यूरोप निर्यात हुन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...