यामाहाले ल्यायो क्लच बिना गियर परिवर्तन गर्न सकिने नयाँ प्रविधि वाई-एएमटी

यामाहाले युरोपेली बजारमा बाइकका लागि नयाँ टेक्नोलोजी ल्याएको छ । कम्पनीले सो टेक्नोलोजीलाई वाई-एएमटी नाम दिएको छ । आगामी दिनमा कम्पनीले आफ्नो बाइकमा सो टेक्नोलोजी प्रयोग गर्नेछ । जसका कारण बाइक चलाउने अनुभवमा पूरै परिवर्तन हुने विश्वास गरिएको छ ।

वाई–एएमटी टेक्नोलोजीमा बाइक चलाउन क्लच र लिभरको आवश्यकता नपर्ने कम्पनीले जनाएको छ । सो टेक्नोलोजी बाइकको राइड बाइ वायर टेक्नोलोजीमा प्रयोग गरिनेछ । यसले क्लच थिचेर गियर परिवर्तन गर्नुपर्ने आवश्यकता हट्नेछ ।

यो नयाँ टेक्नोलोजीलाई स्विच गियर माउन्ट गरिएको प्यानलबाट सञ्चालन गर्न सकिनेछ, जसलाई हातको औँलाले सञ्चालन गर्न सकिनेछ । सो टेक्नोलोजी प्रयोग पछि उच्च गतिमा बाइक चलाउँदा पनि सजिलै र कम समयमा गियर परिवर्तन गर्न सकिनेछ । यो टेक्नोलोजीमा राइडरले आफैं गियर परिवर्तन गर्न सक्ने छन् वा बाइकले नै यो काम स्वतः गर्नेछ ।

यामाहाको वाई-एएमटी जस्तै अन्य केही कम्पनीले पनि यस्तै प्रविधि प्रयोग गरेका छन् । होन्डाले आफ्नो स्कुटर र बाइकमा डीसीटी टेक्नोलोजी प्रयोग गरेको छ । बीएमडब्ल्युले पनि आफ्नो बाइकमा एएसए टेक्नोलोजी प्रयोग गरेको छ । यामाहाले यसअघि आफ्नो बाइक एफजेआर १३०० मा पनि वाईसीसी-एस प्रयोग गरिसकेको छ ।

सम्बन्धित समाचारहरू

यामाहा रे–जेडआर १२५ अव यूरोपेली बजारमा पनि

यामाहा रे–जेडआर १२५ अव यूरोपेली बजारमा पनि

यामाहाले भारतमा उत्पादन गरेको स्कुटर रे–जेडआर १२५ यूरोप निर्यात हुन...

एक सातामै सोल्ड आउट भयो नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल, अर्को ब्याचका लागि प्रि-बुकिङ खुला

एक सातामै सोल्ड आउट भयो नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल, अर्को ब्याचका लागि प्रि-बुकिङ खुला

काठमाडौँ – यामाहा नेपालले हालै सार्वजनिक गरेको एफजेडएस एफआई हाइब्रिड...

यामाहा नेपालले गर्दैछ दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट”, नयाँ बाइक सार्वजनिक हुँदै

यामाहा नेपालले गर्दैछ दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट”, नयाँ बाइक सार्वजनिक हुँदै

काठमाडौं – यामाहा नेपालले आफ्नो अधिकृत वितरक एमएडब्लू राइड्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...