भी३ पछि यामाहाले ल्यायो आर१५ भी४

यामाहाले भारतीय बजारमा डिजिटल माध्यमबाट आर१५ भी४ मोटरसाइकल लन्च गरेको छ । नयाा डिजाइन र धेरै फ्रेस फिचरले आर१५ का अन्य मोडल भन्दा यसलाई केही उच्च श्रेणी प्रदान गरेको छ ।

यामाहाको आर७ बाट धेरै मात्रामा प्रभावित यो मोटरसाइकलमा सिंगल प्रोजेक्टर हेडल्याम्प छ भने आई लाइक एग्रेसिभ देखिने डीआरएल छन् । यसमा भएको नयाँ साइड फेयरिङले यसलाई अझै ठूलो बनाएको छ ।

यो मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल, क्विकसिफ्टर र ब्लुटुथ कनेक्टिभिटी छ । यसमा भएको १५५ सीसी इन्जिनले १८.३५ पीएस पावर दिन्छ, जुन पुरानो भर्सन भन्दा ०.२५ पीएस कम हो । त्यसैगरी यसले १४.२ एनएम टर्क जेनेरेट गर्छ ।

मेटालिक रेड, डार्क नाइट र रेसिङ ब्लु गरी तीन कलर अप्सनमा यो मोटरसाइकल उपलब्ध हुनेछ । यी मोटरसाइकलको मूल्य क्रमशः १ लाख ६७ हजार ८ सय, १ लाख ६८ हजार ८ सय र १ लाख ७२ हजार ८ सय भारु तोकिएको छ । रेसिङ ब्लुमा मात्र क्विकसिफ्टर रहेकोले यसलाई माथिल्लो मूल्य तोकिएको बताइएको छ ।

नेपाली बजारमा पनि भविष्यमा यो मोटरसाइकल उपलब्ध हुन सक्छ । यसको मूल्य ४ लाख ८१ हजार ९ सय रुपैयाँ छ । आर१५ भी४ नेपाली बजारमा आयो भने यसको मूल्य ५ लाख रुपैयाँ भनदा बढी नै पर्न सक्छ ।

सम्बन्धित समाचारहरू

यामाहाले ट्रेसर ब्रान्डमा एड्भेन्चर मोटरसाइकल ल्याउने

यामाहाले ट्रेसर ब्रान्डमा एड्भेन्चर मोटरसाइकल ल्याउने

यामाहाले भारतमा ट्रेसर नेमप्लेट पेटेन्ट गराएको छ । यामाहाले...

यामाहा एमटी१५ र एफजेड–एसको नयाँ भेरिएन्ट सार्बजनिक, अटो शोमा ७ हजार छुट

यामाहा एमटी१५ र एफजेड–एसको नयाँ भेरिएन्ट सार्बजनिक, अटो शोमा ७ हजार छुट

काठमाडौं–यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु राइड्सले नाडा...

एफआई इन्जिनको लिडर यामाहा : यस्ता छन् फाइदा र नेपालमा उपलब्ध मोडल (मूल्य सहित)

एफआई इन्जिनको लिडर यामाहा : यस्ता छन् फाइदा र नेपालमा उपलब्ध मोडल (मूल्य सहित)

एफआई इन्जिन अहिले मोटरसाइकल चलाउनेहरुका लागि नयाँ नाम होइन । मोटरसाइकल र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...