३ लाख ८० हजारमा आयो एफजेड भी३ स्ट्यान्डर्ड, यस्तो छ फिचर र पर्फमेन्स

काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले एफजेड भी३ को स्ट्यान्डर्ड भेरिएन्ट नेपाल ल्याएको छ । सो नयाँ मोटरसाइकलााई आज कम्पनीले एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको हो । बीएस६ एफआई इन्जिन लागेर आएको यसको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

यामाहाको उत्कृष्ट रेसिङ हेरिटेजबाट प्रेरित यो नयाँ स्पोर्टी मोटरसाइकलमा १४९ सिसी एयर कुल्ड फोर स्ट्रोक ब्लुकोर इन्जिन जडान गरिएको छ । जसको अधिकत पावर १२.४ पिएस र टर्क १३.३ एनएम रहेको छ । एफआई इन्जिन जडान गरिएका कारण यसले प्रतिलिटर पेट्रोलको खपतमा ५० किलोमिटरसम्म माइलेज दिने दावी गरिएको छ । यसको ग्राउन्ड क्लिरियन्स १६५ एमएम रहेको छ ।

यो नयाँ बाइकमा यामाहाले ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्यूल इन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्प जस्ता फिचर सामेल भएको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर दिएको छ । यसलाई कम्पनीले राइडर केन्द्रित टेक्नोलोजीमा आधारित भई निर्माण गरेको कम्पनीले जनाएको छ ।

अगाडी ४१ एमएमको टेलिस्कोपिक सस्पेन्सन र पछाडी ७ स्टेप एड्जस्टेवल मोनोक्रस सस्पेन्सन जडान गरिएको यो मोटरसाइकल आरामदायी रहेको छ । सुरक्षाका लागी यसको दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ । यो नयाँ बाइकले यामाहाको स्पोर्टीनेस, स्टाइल र एक्साइटमेन्टलाई झल्काउने एमएडब्लु टु ह्विलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले बताए ।

सम्बन्धित समाचारहरू

यस्तो छ यामाहाको नयाँ मोटरसाइकल एफजेड भी३ स्ट्यान्डर्ड (मूल्य र फिचर सहित)

यस्तो छ यामाहाको नयाँ मोटरसाइकल एफजेड भी३ स्ट्यान्डर्ड (मूल्य र फिचर सहित)

काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...

रे–जीआर १२५ एफआईको नेपालमा एक बर्ष पूरा, नयाँ स्कुटर खरिद गर्दा स्मार्ट हेल्मेट उपहार

रे–जीआर १२५ एफआईको नेपालमा एक बर्ष पूरा, नयाँ स्कुटर खरिद गर्दा स्मार्ट हेल्मेट उपहार

यामाहाको लोकप्रिय स्कुटर रे–जीआर १२५ एफआईको बिक्री प्रारम्भ भएको १ बर्ष...

यामाहा एमटी–०९ मा हुनेछ वाई–एएमटी प्रविधि, थम्ब कन्ट्रोलबाटै गियर चेन्ज गर्न सकिने

यामाहा एमटी–०९ मा हुनेछ वाई–एएमटी प्रविधि, थम्ब कन्ट्रोलबाटै गियर चेन्ज गर्न सकिने

यामाहाले एमटी–०९ मोटरसाइकलमा नयाँ वाई–एएमटी सिस्टम उपलब्ध हुने घोषणा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...