यस्तो छ यामाहाको नयाँ मोटरसाइकल एफजेड भी३ स्ट्यान्डर्ड (मूल्य र फिचर सहित)

काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले हालसालै एफजेड भी३ को स्ट्यान्डर्ड भेरिएन्ट लन्च गरेको छ । बीएस६ एफआई इन्जिन लागेर आएको यसको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

यामाहाको उत्कृष्ट रेसिङ हेरिटेजबाट प्रेरित यो नयाँ स्पोर्टी मोटरसाइकलमा १४९ सिसी एयर कुल्ड फोर स्ट्रोक ब्लुकोर इन्जिन जडान गरिएको छ । जसको अधिकत पावर १२.४ पिएस र टर्क १३.३ एनएम रहेको छ । एफआई इन्जिन जडान गरिएका कारण यसले प्रतिलिटर पेट्रोलको खपतमा ५० किलोमिटरसम्म माइलेज दिने दावी गरिएको छ । यसको ग्राउन्ड क्लिरियन्स १६५ एमएम रहेको छ ।

यो नयाँ बाइकमा यामाहाले ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्यूल इन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्प जस्ता फिचर सामेल भएको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर दिएको छ । राइडर केन्द्रित टेक्नोलोजीमा आधारित भई निर्माण गरिएको यो नयाँ बाइकले यामाहाको स्पोर्टीनेस, स्टाइल र एक्साइटमेन्टलाई झल्काउने कम्पनीको भनाई छ ।

अगाडी ४१ एमएमको टेलिस्कोपिक सस्पेन्सन र पछाडी ७ स्टेप एड्जस्टेवल मोनोक्रस सस्पेन्सन जडान गरिएको यो मोटरसाइकल आरामदायी रहेको छ । सुरक्षाका लागी यसको दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ । एफजेड सिरिजका अन्य बाइकमा जस्तो यसमा एविएस भने दिइएको छैन ।

सम्बन्धित समाचारहरू

भव्य अफरसहित यामाहाले सुरु गर्यो महाएक्सचेन्ज मेला २०८१, के–के छन् आकर्षण ?

भव्य अफरसहित यामाहाले सुरु गर्यो महाएक्सचेन्ज मेला २०८१, के–के छन् आकर्षण ?

काठमाडौं – यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

भरतपुरमा खुल्यो यामाहाको नयाँ ब्लु स्क्वायर शोरुम

भरतपुरमा खुल्यो यामाहाको नयाँ ब्लु स्क्वायर शोरुम

चितवन – नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु...

चेन अवधारणामा शोरुम थप्दै यी डिलर, एउटै डिलरको ४ वटासम्म शोरुम

चेन अवधारणामा शोरुम थप्दै यी डिलर, एउटै डिलरको ४ वटासम्म शोरुम

काठमाडौं उपत्यकामा सवारीसाधनको माग उच्च गतिमा वृद्धि भैरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...