यामाहाले ल्यायो दशैं तिहार अफर, १ लाख सम्मको क्यास ब्याक र जापान भ्रमण सुविधा

काठमाडौं– यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ’ योजना ल्याएको छ ।

दशैं तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउने गरी आएको सो स्किम अन्तर्गत स्कुटरको खरिदमा ६ हजारदेखी १ लाखसम्म र मोटरसाइकलमा ८ हजारदेखी १ लाखसम्म क्यासब्याक पाउन सकिन्छ ।

यसैगरी लक्की ड्रमार्फत हरेक दिन यामाहा राइडिङ ज्याकेट, हरेक हप्ता आइफोन–१४ र प्रत्येक महिना एकजना भाग्यशाली बिजेताले जापान भ्रमणमा जान पाउनेछन् ।

यामाहाको उत्पादन खरिद गर्नु भनेको केवल यातायातको एक माध्यम मात्र प्राप्त गर्नु नभई दिर्घकालसम्म राइडिङको आनन्दलाई पुनःपरिभाषित गर्नु पनि रहेको कम्पनीले जनाएको छ । यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ योजना प्रस्तुत गर्न पाउँदा आँफूहरु खुशी रहेको एमएडब्लु टु–ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले बताए ।

‘यस चाडपर्वको सिजनमा, हामीले हरेक राइडलाई असाधारण बनाउन र हाम्रा ग्राहकहरूको जीवनमा जादूको स्पर्श थप्ने लक्ष्य राखेका छौं । यामाहा सधैं स्पोर्टिनेस, स्टाइल र एक्साईटमेन्टको पर्यायवाची रहेको छ, र यो योजना त्यही अनुभवलाई बढाउन डिजाइन गरिएको हो’ उनले भने ।

अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागू हुने र देशमा रहेका यामाहाका सबै शोरुमहरूमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

एलईडी इन्डिकेटर र नयाँ आई–क्याचिङ पर्पल कलरमा आयो यामाहा आर३

एलईडी इन्डिकेटर र नयाँ आई–क्याचिङ पर्पल कलरमा आयो यामाहा आर३

यामाहाले प्रिमियम मोटरसाइकल आर३ को २०२३ मोडल सार्वजनिक गरेको छ । अन्य कुरा...

यस्तो हुनेछ आर१५ भी४, स्पाई सट पश्चात आयो डिजाइन रेन्डरिङ

यस्तो हुनेछ आर१५ भी४, स्पाई सट पश्चात आयो डिजाइन रेन्डरिङ

भारतको गाजियाबादस्थित बजाजको फ्याक्ट्री नजिकै परीक्षण गरिरहेको अवस्थामा...

यामाहा रेजेडआर माइलेज च्यालेन्जको आधा चरण पूरा, देखियो उत्कृष्ट माइलेज क्षमता

यामाहा रेजेडआर माइलेज च्यालेन्जको आधा चरण पूरा, देखियो उत्कृष्ट माइलेज क्षमता

काठमाडौं– एमएडब्लू राइड्स प्रालिअन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपालले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...