यामाहाले ल्यायो दशै अफर, यसरी जित्न सकिन्छ १० लाख रुपैयाँ

काठमाडौं - यामाहा नेपालले दशैं लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले सवारीको भेरिफिकेसनपछि १० लाख रुपैयाँसम्मको पुरस्कार जित्ने मौका पाउनेछन् ।

यामाहाले खरिदअघि नै क्यूआर कोड स्क्यान गरी रजिस्ट्रेसन गर्ने ग्राहकलाई पनि एक लाख रुपैयाँसम्मको पुरस्कार जित्ने अवसर दिएको छ । रजिस्ट्रेसन गर्नेहरूका लागि हरेक साता विभिन्न हाइटेक ग्याजेटसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

अभियानको ग्रान्ड प्राइजमा एकजना विजेताले नयाँ यामाहा आर१५ पाउनेछन् । यो अफर यामाहाका स्पोर्ट्स बाइक, कम्युटर मोटरसाइकल र स्कुटरसहित नेपालमा उपलब्ध सम्पूर्ण मोडलमा लागू हुने बताइएको छ ।

चाडपर्वमा नयाँ दुईपांग्रे खरिद गर्न चाहने ग्राहकका लागि स्पट एक्सचेन्ज र एमएडब्लू हायर पर्चेजमार्फत फाइनान्स सुविधा पनि राखिएको छ । कम्पनीका अनुसार ‘लैजाऊ घर, नागरिकताको भरमा’ योजनाअन्तर्गत आवश्यक प्रक्रिया पूरा गरेर नागरिकताको कागजातका आधारमा सवारी लैजान सकिनेछ ।

यामाहाले अभियानबाट प्राप्त आम्दानीको केही हिस्सा बाढी प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा पनि गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...