‘यामाहा ब्लू क्याम्प’को घोषणा, के–के छन् आकर्षण ?

काठमाडौं– एमएडब्लू राइड्स प्रालिअन्तर्गतको यामाहा नेपालले आफ्ना ग्राहकहरूको सन्तुष्टि बढाउन, नियमित मर्मत सम्भारलाई प्रवद्र्धन गर्न र देशभरका यामाहा राइडरहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ एक हप्ता लामो राष्ट्रव्यापी सर्भिस अभियान ‘यामाहा ब्लू क्याम्प’ औपचारिक रूपमा सुरु गरेको छ ।

मंसिर २१ देखि २७ गते (डिसेम्बर ७ देखि १३) सम्म चल्ने यस अभियानले ग्राहकहरूलाई कुनै पनि आधिकारिक यामाहा सर्भिस सेन्टरमा गएर आकर्षक छुट तथा विशेष सुविधासहित प्रिमियम सर्भिसको अनुभव लिन आमन्त्रित गरेको छ ।
यामाहाको विश्वस्तरीय आफ्टर–सेल्स सपोर्ट प्रदान गर्ने प्रतिबद्धता अनुरुप सुरु भएको ‘यामाहा ब्लू क्याम्प’ले हरेक यामाहा मोटरसाइकल र स्कूटरले उत्कृष्ट कार्यसम्पादन गरोस् भन्ने सुनिश्चित गर्दछ ।

अभियान सप्ताहको अवधिभर हरेक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने यस सर्भिसमा ग्राहकले निःशुल्क बाइक वाश, १५–प्वाइन्ट विस्तृत चेकअप, यामाहा युबमा १५ प्रतिशत छुट पाउनेछन् । साथै ग्राहकले, स्पेयर पाट्र्समा १० प्रतिशत, लेबर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क एएमसी कार्ड प्राप्त गर्नेछन् ।

यस अनुभवलाई अझ रोमाञ्चक बनाउन यामाहाले आफ्ना मूल्यवान ग्राहकहरूका लागि एक विशेष उपहार पनि ल्याएको छ । सात दिनसम्म दैनिक एक जना ग्राहकले आफ्नो कुल मर्मत बिलमा सत् प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । यो अनौठो अफरले यामाहा राइडरहरूले विशेषज्ञ सेवा मात्र नभई, आफ्नो भिजिटको कुल लागतमा पूर्ण राहत पाउने मौका पनि सुनिश्चित गरेको छ ।

यी सेवा सुविधाहरूका अलावा यामाहा ब्लू क्याम्पमा ’नो योर बाइक’ सेसन पनि समावेश हुनेछ, जहाँ प्रत्येक सर्भिस सेन्टरका प्राविधिक प्रमुखले ग्राहकहरूलाई उनीहरूको यामाहा मोटरसाइकल वा स्कुटरका विशेषता, मर्मतसम्भार आवश्यकता र प्राविधिक पक्षहरू अझ राम्ररी बुझ्न व्यक्तिगत रूपमै मद्दत गर्नेछन् । एक डेडिकेटेड ’सेफ्टी राइड सेसन’ले राइडरहरूलाई दैनिक जीवनमा अझ सुरक्षित तरिकाले सवारी चलाउने व्यावहारिक सुझावहरू मार्फत् शिक्षित गर्नेछ ।

ग्राहकहरूले थप सरप्राइज गिफ्टहरू, एएमसी खरिदमा विशेष अफर र अनलाइन बुकिङ मार्फत यामाहा एक्सप्रेस सर्भिसको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यसले अग्रिम बुकिङ गर्ने ग्राहकहरूका लागि प्राथमिकता र थप सुविधाहरू सुनिश्चित गर्नेछ ।

यस अभियानका बारेमा बोल्दै एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, ‘यामाहा सधैँ गुणस्तर, विश्वसनीयता र उत्कृष्ट सर्भिस प्रदान गरेर आफ्ना ग्राहकहरूसँग दीर्घकालीन विश्वास निर्माण गर्ने कुरामा विश्वास गर्दछ । ‘यामाहा ब्लू क्याम्प’ मार्फत हामी हाम्रा राइडरहरूलाई उहाँहरूको सुरक्षा, सन्तुष्टि र मानसिक शान्ति सुनिश्चित गर्ने एक परिष्कृत सर्भिस अनुभव दिन चाहन्छौँ। यो पहल हाम्रो यामाहा परिवारलाई कदर गर्ने र हरेक यात्रालाई सहज, रोमाञ्चक र चिन्तामुक्त राख्ने हाम्रो आफ्नै तरिका हो ।’

यामाहा नेपालले अत्याधुनिक जापानी इन्जिनियरिङका साथसाथै ग्राहक सेवा र देशव्यापी सेवाको पहुँचलाई प्राथमिकता दिँदै दुईपाङ्ग्रे सवारी साधनको बजारलाई नेतृत्व गरिरहेको छ । ‘यामाहा ब्लू क्याम्प’ यो सम्बन्धलाई अझ सुदृढ गर्ने अर्को एउटा महत्त्वपूर्ण कदम रहेको कम्पनीले जनाएको छ । यो अफर नेपालभरका सबै आधिकारिक यामाहा सर्भिस सेन्टरहरूमा लागू हुनेछ ।

सम्बन्धित समाचारहरू

सिरिजकी उत्कृष्ट नेपाली खेलाडी यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडबाट पुरस्कृत

सिरिजकी उत्कृष्ट नेपाली खेलाडी यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडबाट पुरस्कृत

काठमाडौं – सहभागी तीन राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डले...

यामाहा ल्यायो ट्याक्स रिल्याक्स स्किम : २ वर्ष सम्मकै ट्याक्स यामाहाले तिरिदिने

यामाहा ल्यायो ट्याक्स रिल्याक्स स्किम : २ वर्ष सम्मकै ट्याक्स यामाहाले तिरिदिने

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

सिजन एक्सचेन्ज क्याम्पको, टीभीएस र यामाहाले ल्याए यस्तो एक्सचेन्ज अफर

सिजन एक्सचेन्ज क्याम्पको, टीभीएस र यामाहाले ल्याए यस्तो एक्सचेन्ज अफर

फेस्टिभल सिजनको सुरुवातसँगै अहिले विभिन्न टु ह्विलर कम्पनीहरु नयाँ नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...