प्रिमियम फिचर र ५०५ किमी रेन्जसहित लिपमोटरको नयाँ विद्युतीय एसयूभी सार्बजनिक
काठमाडौं–लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले...
काठमाडौं – लगातार ८ वर्षसम्म विश्वको नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड बनेको याडियाले नेपालमा आफ्नो भेलाक्स मोडलमा विशेष सीमित स्टक अफर ल्याएको छ । नेपालका लागि याडियाको एकमात्र आधिकारिक वितरक कुजु नेपाल प्रालिले यस उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक बाइकको मूल्य घटाएर २ लाख ४५ हजार रुपैयाँ मात्र निर्धारण गरेको छ, जुन अघिल्लो मूल्य २ लाख ८५ हजार रुपैयाँ थियो ।
यो अफर याडियाको विश्वव्यापी उपलब्धि र ७० लाखभन्दा बढी युनिट बिक्रीको उत्सवको अवसरमा ल्याइएको हो । भेलाक्स विशेष गरी ती सवारहरूको लागि डिजाइन गरिएको हो जसले उच्च प्रदर्शन र भरपर्दो क्षमता दुवै खोज्छन् ।
भेलाक्समा ३,२०० वाट मोटर र १७२ एनएम टर्क रहेको छ जसले ६२ किमी प्रतिघण्टा सम्मको उच्चतम गति प्रदान गर्छ। एक पटक चार्ज गर्दा यसले १०० किमी सम्म यात्रा गर्न सक्छ । ३० एएच र ७२ भोल्ट एलएफपी ब्याट्रीले सुरक्षा, थर्मल स्थिरता र लामो जीवनचक्र सुनिश्चित गर्छ ।
भेलाक्सका विशेषताहरूमा सजिलो पार्किङका लागि रिभर्स मोड, लामो यात्राका लागि क्रुज कन्ट्रोल, फ्रन्ट÷रियर डिस्क ब्रेक सिस्टम विथ सीबीएस र १७० एमएम ग्राउन्ड क्लियरेन्स समावेश छन् । याडियाले भेलाक्समा ब्याट्री र मोटर दुवैका लागि ३ वर्ष वा ५० हजार किमी वारेन्टी प्रदान गर्दै लामो समयसम्मको निश्चिन्तता सुनिश्चित गरेको छ।
कुजु नेपाल प्रालिका अनुसार, नयाँ २ लाख ४५ हजार मूल्य सीमित स्टकका लागि मात्र लागू हुनेछ र स्टक सकिएपछि भेलाक्स पुनः अघिल्लो मूल्यमा उपलब्ध हुनेछ । याडिया १०० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको विश्वव्यापी इलेक्ट्रिक मोबिलिटी ब्रान्ड हो। कुजु नेपाल प्रालिले २०२० देखि नेपालमा यसको आधिकारिक वितरकको रूपमा काम गर्दै आएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...