बेइजिङ अटो शोमा चिनियाँ साझेदारको खोजीमा विदेशी अटोमेकरहरू
यस वर्षको बेइजिङ अटो शोमा फक्सवागन र टोयोटालगायत अन्य अटो निर्माताहरूले...
काठमाडौं - नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ इलेक्ट्रिक स्कुटर याडिया ओविन आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।
इटालियन शैलीबाट प्रेरित रेट्रो-मोडर्न डिजाइन र याडियाको अत्याधुनिक प्रविधिको संयोजनमा तयार भएको ओविनलाई यस वर्षको सबैभन्दा अपेक्षित इलेक्ट्रिक स्कुटरको रूपमा लिइएको छ।
स्मार्ट सिटी कम्युटिङका लागि निर्मित सो स्कुटरमा शक्तिशाली २८०० वाट पिक आउटपुट मोटर र भरपर्दो ७२ भोल्ट ३० एएच एलएफपी ब्याट्री छ भने १०५ किमी सम्मको रेन्जसहित सहज र वातावरणमैत्री सवारी अनुभव दिन्छ। साथै, क्रुज कन्ट्रोल र रिभर्स असिस्ट जस्ता सुविधाले यात्रालाई अझ सजिलो र आरामदायी बनाउँछ।
याडिया ओविन इलेक्ट्रिक स्कुटरको मूल्य २ लाख ३५ हजार रुपैयाँ तोकिएको छ । तर हाल नेपालमा चलिरहेको चाडपर्वको सन्दर्भमा दशै विशेष र याडियाले लगातार ८ वर्ष सम्म विश्वको नम्बर १ उपाधि हासिल गरेको अवसरमा यसको विशेष मूल्य २ लाख १० हजार रुपैयाँ तोकिएको बताइएको छ । सीमित स्टकका लागि मात्र यो मूल्य उपलब्ध हुने कम्पनीको भनाइ छ ।
याडियाका अन्य उत्पादनमा जस्तै ओविनमा पनि ३ वर्ष वा ५० हजार किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुनेछ, जसले दीर्घकालीन विश्वास र शान्ति सुनिश्चित गर्ने बताइएको छ ।
कुजु नेपालका प्रवक्ताले भने, ‘ओविन केवल स्कुटर मात्र होइन, यसले नेपाली राइडरलाई नयाँ पुस्ताको स्टाइलिस, स्मार्ट र दिगो मोबिलिटीको अनुभव दिनेछ । यो दशै विशेष अफर हाम्रा ग्राहकहरुसँग मिलेर याडियाको विश्वव्यापी सफलता मनाउने अवसर हो ।’
याडिया लगातार ८ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड बन्न सफल कम्पनी हो । हालसम्म १०० भन्दा बढी देशका ७ करोड भन्दा बढी प्रयोगकर्ताले विश्वास गरको याडियाले निरन्तर आरएन्डडी नवप्रवर्तन र विश्वव्यापी नेतृत्वमार्फत हरित मोबिलिटीको भविष्य निर्माण गरिरहेको बताएको छ ।
यस वर्षको बेइजिङ अटो शोमा फक्सवागन र टोयोटालगायत अन्य अटो निर्माताहरूले...
काठमाडौं – अन्ततः यात्री मोटरसाइकलले नम्बर प्लेट पाएको छ । बाइक निर्माता...
एलन मस्कको विश्व प्रसिद्ध कार निर्माता कम्पनी टेस्ला इलेक्ट्रिक कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...