याडियाका तीन नयाँ स्कुटर नेपाली बजारमा, नाइमा शोमा १० हजार छुट

काठमाडौं– याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ पुस्ताका याडिया जिएस७०, जिटी७० र जिटी८० विद्युतीय स्कुटरहरू औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

दैनिक सहरी यात्रालाई सहज, भरपर्दो र किफायती बनाउन डिजाइन गरिएको याडिया जिएस७० मा २.१ किलोवाट आवर एलएफपी ब्याट्री तथा २.८ किलोवाट पिक मोटर जडान गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा १०५ किलोमिटरसम्म यात्रा गर्न सक्षम बनाउँछ । यस स्कुटरको मूल्य २ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी लामो दूरीको यात्रा गर्ने र अधिक रेन्ज चाहने ग्राहकका लागि निर्माण गरिएको याडिया जिटी७० मा ५.७ किलोवाट आवर डुअल एलएफपी ब्याट्री प्रणाली (३.६ किलोवाट आवर फिक्स्ड र २.१ किलोवाट आवर रिमुभेबल) तथा ३.७ किलोवाट पिक मोटर रहेको छ, जसले २२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यस स्कुटरको मूल्य ३ लाख ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रिमियम प्रदर्शन, आधुनिक डिजाइन र आरामदायी राइडिङ अनुभव खोज्नेहरूका लागि लक्षित याडिया जिटी८० मा ३.६ किलोवाट आवर लिथियम ब्याट्री र ५ किलोवाट पिक मोटर समावेश छ, जसले ८० किलोमिटर प्रतिघण्टासम्मको उच्च गति तथा १५० किलोमिटरसम्मको रेन्ज उपलब्ध गराउँछ । यस स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

नयाँ याडिया सिरिजमा ब्लुटुथ कनेक्टिभिटी, टिएफटी स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन मिररिङ, याडिया स्मार्ट एप, पाँच जनासम्मले प्रयोग गर्न सकिने फ्यामिली सेयरिङ र स्मार्ट कि–लेस प्रणाली जस्ता अत्याधुनिक प्रविधिहरू समावेश गरिएका छन् ।

सुरक्षित यात्रालाई प्राथमिकता दिँदै तीनै मोडलमा ट्रयाक्सन कन्ट्रोल सिस्टम, क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल र डुअल डिस्क ब्रेकिङ सिस्टम जस्ता उन्नत सुरक्षा सुविधाहरू उपलब्ध गराइएको छ, जसले विभिन्न सडक तथा भौगोलिक अवस्थामा अझ बढी स्थिरता र सुरक्षित राइडिङ अनुभव प्रदान गर्ने जनाइएको छ ।

कम्पनीले आफ्ना यी नयाँ स्कुटरहरूमा ३ वर्ष वा ५०,००० किलोमिटरसम्मको ब्याट्री वारेन्टी समेत उपलब्ध गराएको छ । नेपालभर रहेका २० वटा आधिकारिक याडिया डिलरसिपमार्फत उपलब्ध यी स्कुटरहरूको लन्चको अवसरमा कुजु नेपाल प्रालिले नाइमा अटो शो सम्पन्न नहुँदासम्म तीनै मोडलमा १० हजार रुपैयाँ छुट दिने बताएको छ ।

आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता तथा नेपाली उपभोक्ताको बदलिँदो आवागमन आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएका यी स्कुटरहरूले नेपालमा स्मार्ट विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...