५७ लाख मूल्यमा फोटोनको १५ सिटे इलेक्ट्रिक भ्यान नेपालमा, ८० प्रतिशत फाइनान्स सुविधा
काठमाडौं – फोटोनको हाई रुफ ईभी भ्यान नेपालमा सार्वजनिक गरिएको छ । एक...
काठमाडौं – विश्वभर इलेक्ट्रिक मोबिलिटीको नेतृत्व गर्दै आएको याडियाले नेपालमा आफ्नो सबैभन्दा शक्तिशाली र रोमाञ्चक दुईपांग्रे सवारी साधन याडिया किनेस उपलब्ध गराउने घोषणा गरेको छ ।
यो एक यस्तो इलेक्ट्रिक मोटरसाइकल हो, जसले गति, टर्क र स्टाइलमा पेट्रोल बाइकसँग प्रतिस्पर्धा गर्छ, तर प्राविधिक रूपमा भविष्यमा केन्द्रित शून्य प्रदूषणयुक्त समाधान हो।
इाडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले यो पूर्ण आकारको, परफर्मेन्स केन्दित र बाइकप्रेमीहरुका लागि तयार गरिएको बाइक भएको बताएको छ ।
आगामी साउन महिनामा आयोजना हुने नाइमा मोबिलिटी एक्सपोमा यो बाइक सार्वजनिक रुपमा प्रदर्शन गरिने छ ।
याडिया किनेसमा ५.५ किलोवाट रेटेड र ११ किलोवाट पिक पावर भएको मिड–ड्राइभ मोटर छ । यसमा ७२ भोल्ट, ३२ एएचको ड्युअल टर्नरी लिथियम ब्याट्री छ, जसले ४५ किलोमिटर प्रतिघण्टाको गतिमा सिंगल चार्जमा १४० किलोमिटरको रेन्ज दिन्छ । यसलाई ५ देखि ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
२ हजार ब्याट्री लाइफ साइकलयुक्त सो बाइक २० डिग्रीको उकालो सम्म चढ्न सक्छ । यसमा अत्यधिक प्रतिक्रिया दिने थ्रोटल अर्थात २८० एनएमयुक्त टर्क क्षमता छ । अगाडि र पछाडि डिस्क ब्रेक तथा सीबीएस रहेको सो बाइकमा १७ इन्चको ट्युबलेस टायर छ ।
यसको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ भने १६ लिटरको इन्टिग्रेटेड बुट स्पेस छ । यसमा २ वर्ष वा २० हजार किलोमिटर सम्मको वारेन्टी उपलब्ध छ ।
याडिया किनेसले आफ्ना आकर्षक र एग्रेसिभ डिजाइन, एरोडायनामिक फ्रेम, बोल्ड एलईडी हेडलाइट र कम ग्राभिटी सेटअपको माध्यमबाट शहरी सडकमा ध्यान तान्छ । मिड–माउन्टेड मोटर र मजबुत स्टिलको बडीले गजबको नियन्त्रण र बाइकको वास्तविक फिल दिने कम्पनीको दावी छ ।
काठमाडौं – फोटोनको हाई रुफ ईभी भ्यान नेपालमा सार्वजनिक गरिएको छ । एक...
काठमाडौं – इलेक्ट्रिक भेइकल जीएसी मोटर्सको नेपालका लागि आधिकारिक...
काठमाण्डौ– सोकोन नेपालले दशैं–तिहारलाई विशेष बनाउन आफ्नो ईभी भ्यान खरिद...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...