शाओमीको एसयू७ ले ल्यायाे इलेक्ट्रिक कार बजारमा हलचल, ३ सेकेन्डमै १०० किमीको गति

शाओमीले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक कार शाओमी एसयू७ को नयाँ अपडेट संस्करण लन्च गरेको छ । स्मार्टफोन क्षेत्रमा स्थापित पहिचान बनाइसकेको कम्पनीले अब अटोमोबाइल क्षेत्रमा पनि बलियो उपस्थितिको संकेत दिएको छ। नयाँ एसयू७ पहिलेभन्दा बढी सुरक्षित, हाई टेक र पावरफुल बनेको छ ।

सो सेडान सेगमेन्टको कारले एक पटक चार्जमा ९०२ किलोमिटरसम्मको दूरी तय गर्न सक्ने दाबी गरिएको छ । यसको ब्याट्रीमार्फत केवल १५ मिनेटको चार्जमा ६७० किलोमिटरको रेन्ज प्राप्त गर्न सकिन्छ भने १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन मात्र १२ मिनेट लाग्ने बताइएको छ । सो कारले ० देखि १०० किलोमिटर प्रतिघण्टा गति केवल ३.०८ सेकेन्डमै हासिल गर्न सक्छ र टप स्पिड २६५ किलोमिटर प्रतिघण्टा पुग्छ ।

एसयू७ मा स्न्यापड्रागन ८ जेन ३ चिप प्रयोग गरिएको छ भने अटोमेटिक ड्राइभिङका लागि एन-भिडिया ड्राइभ ए-जी-एक्स थोर चिप जडान गरिएको छ । यसको स्मार्ट क्याबिनमा ६ वटा स्क्रिनहरू छन् । शाओमीको हाइपरओएस सिस्टमले घरका स्मार्ट उपकरणहरू कारबाटै नियन्त्रण गर्न सकिन्छ । साथै, एआई भ्वाइस असिस्ट सिस्टम पहिलेभन्दा अझै उत्कृष्ट भएको छ ।

सो कार ५ मिटर लामो लक्जरी सेडान कार हो र यो ९ फरक रङमा उपलब्ध छ । सेफ्टीका लागि यसमा ९ वटा एयरब्याग राखिएको छ । साथै, ब्याट्री सिस्टमलाई दुर्घटनाको अवस्थामा आगलागी रोक्ने गरी डिजाइन गरिएको छ । भिजेको सडकमा सुरक्षित ड्राइभिङका लागि एआईले स्वतः सडकको अवस्था पहिचान गरी गाडीको पकड समायोजन गर्ने सुविधा पनि समावेश गरिएको छ।

एसयू७ तीन भेरिएन्टमा उपलब्ध छ जसको सुरुआती मूल्य करिब ३० लाख भारुबाट सुरु भई उच्च भेरिएन्टमा करिब ४१ लाख भारुसम्म पुग्छ । नयाँ एसयू७ ले टेस्ला कारसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

शाओमीले दोस्रो इलेक्ट्रिक कार वाईयू७ ल्याउने, स्टाइलिस लुकका साथै धेरै सेन्सरले सुसज्जित हुने

शाओमीले दोस्रो इलेक्ट्रिक कार वाईयू७ ल्याउने, स्टाइलिस लुकका साथै धेरै सेन्सरले सुसज्जित हुने

शाओमीले आफ्नो दोस्रो इलेक्ट्रिक एसयूभी शाओमी वाईयू७ को टिजर जारी गरेको छ।...

शाओमीलाई पछ्याउँदै हुवावेले ल्यायो विलासी इलेक्ट्रिक कार, रोल्स-रोयस र मर्सिडिजलाई टक्कर दिने लक्ष्य

शाओमीलाई पछ्याउँदै हुवावेले ल्यायो विलासी इलेक्ट्रिक कार, रोल्स-रोयस र मर्सिडिजलाई टक्कर दिने लक्ष्य

स्मार्टफोन बजारमा आफ्नो प्रभाव जमाइसकेको शाओमीले विश्वव्यापी स्तरमा...

शाओमीको ईभी रणनीति : टेस्ला र बीवाईडीसँग प्रतिस्पर्धा गर्दै युरोपतर्फ पाइला

शाओमीको ईभी रणनीति : टेस्ला र बीवाईडीसँग प्रतिस्पर्धा गर्दै युरोपतर्फ पाइला

शाओमीले गत वर्ष आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ लन्च गरेपछि चीनमा राम्रो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...