शाओमीको वाईयू७ जीटीद्वारा चालक बिनै विश्वकै कठिन रेस ट्र्याक नुर्बुर्गरिङ नोर्डश्लाइफेमा नयाँ कीर्तिमान
शाओमीले अटोमोबाइल क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ।...
शाओमीले पहिलो पटक एक्सटेन्डेट रेन्ज भएको इलेक्ट्रिक ईभी सिरिज स्काई नोमाड सार्वजनिक गर्ने तयारी गरेको छ। यसअन्तर्गत एन९० म्याक्स र एन७० म्याक्स नामका २ नयाँ एसयूभी मोडल जुलाई ३० मा लन्च गर्ने भएको छ ।
यो कुनलुन टेक्नोलोजी आर्किटेक्चरमा आधारित छ । स्काई नोमाड सिरिजलाई लिभिङ स्पेसको रूपमा डिजाइन गरेको छ। यसमा फ्ल्याट फ्लोर, लामो सिट रेल र घुमाउन मिल्ने फ्रन्ट सिट उपलब्ध छ, जसले गाडीभित्र स्टुडियो, क्याफे र लजजस्तै अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
एन९० म्याक्स ७ सिट क्षमताको एसयूभी हो। यसको लम्बाइ ५२८५ एमएम र ह्विलबेस ३०८० एमएम रहेको छ। यसमा २+२+३ सिटिङ लेआउट प्रयोग गरिएको छ । सेफ्टीका लागि २२०० मेगापास्कल क्षमताको हाई स्ट्रेन्थ स्टिलबाट बनेको आर्मर केज संरचना प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसको छानाले १४ टनसम्मको भार सहन सक्ने क्षमता राख्छ। एन७० म्याक्स ५ सिट क्षमताको अल ह्लिल ड्राइभ एसयूभी हो। यसको लम्बाइ ४९६० एमएम र ह्विलबेस २९५० एमएम रहेको छ।
सो नयाँ सवारीसाधनमा हार्बिन डोङआन अटोमोटिभ इन्जिनद्वारा निर्मित १.५ लिटर क्षमताको इन्जिन जडान गरिएको छ । स्काई नोमाड सिरिजमा अधिकतम ७६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध हुनेछ। यसले फुल चार्जमा ३८० देखि ५०५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ । ब्याट्रीको डिस्चार्ज भएपछि पनि यसको इन्धन खपत ५.७ प्रति १०० किलोमिटरमा रहने कम्पनीको दाबी छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...