शाओमीको ईभी रणनीति : टेस्ला र बीवाईडीसँग प्रतिस्पर्धा गर्दै युरोपतर्फ पाइला

शाओमीले गत वर्ष आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ लन्च गरेपछि चीनमा राम्रो सफलता हात पारेको छ। अब शाओमीको ध्यान युरोपेली बजारमा केन्द्रित छ । कम्पनीले २०२७ सम्ममा युरोपमा आफ्नो पहिलो ईभी लन्च गर्ने योजना बनाएको छ। युरोपमा शाओमीको मुख्य प्रतिस्पर्धी टेस्ला र बीवाईडी हुनेछ ।

रिपोर्टका अनुसार शाओमीले आफ्नो ईभी व्यवसायलाई द्रुत गतिमा विस्तार गर्ने रणनीति लिएको छ। हालै दोस्रो इलेक्ट्रिक कार बजारमा उतारेपछि कम्पनीको त्रैमासिक राजस्वमा ३१ प्रतिशतले वृद्धि भएको छ। यसपछि कम्पनीका अध्यक्ष लु वेइबिङले सार्वजनिक रूपमा युरोपेली बजारमा विस्तार गर्ने योजनाबारे जानकारी दिएका छन्।

तर, युरोपमा प्रवेश शाओमीका लागि सहज छैन। चिनियाँ ईभी कम्पनीका लागि युरोप सधैं आकर्षक भए पनि त्यहाँ व्यापारिक चुनौतीहरू ठूला छन्। युरोपमा कार आयात गर्दा ४८ प्रतिशतसम्म कर र शुल्क लाग्ने सम्भावना हुन्छ, जसमा १० प्रतिशत आधार आयात शुल्क र थप ३५-३८ प्रतिशतको अतिरिक्त कर समावेश हुन्छ। यही कारणले गर्दा शाओमीलाई युरोपमा आफ्नो स्थान बनाउन चुनौतीपूर्ण हुनेछ।

शाओमीको पहिलो इलेक्ट्रिक कार एसयू७ अहिले कम्पनीको प्रमुख मोडल हो। यो पूर्ण आकारको सेडान हो र कम्पनीले अहिलेसम्म यसका १ लाख युनिट उत्पादन गरिसकेको छ। शाओमी एसयू७ को म्याक्स भेरिएन्टमा १०१ किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिइएको छ, जसले एक पटकको चार्जमा ८०० किलोमिटरसम्म दूरी तय गर्न सक्ने दाबी गरिएको छ ।

यसका दुई भेरिएन्ट एसयू७ र एसयू७ म्याक्स मध्ये एसयू७ म्याक्स अत्यन्तै शक्तिशाली छ। यो केवल २.७८ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने १०.६७ सेकेन्डमै ० देखि २०० किलोमिटर प्रतिघण्टामा पुग्छ। यसको अधिकतम गति २६५ किलोमिटर प्रतिघण्टा रहेको छ। यसले ६६८ बीएचपीको पावर र ८३८ एनएमको टर्क उत्पादन गर्छ ।

सम्बन्धित समाचारहरू

शाओमीको एसयू७ ले ल्यायाे इलेक्ट्रिक कार बजारमा हलचल, ३ सेकेन्डमै १०० किमीको गति

शाओमीको एसयू७ ले ल्यायाे इलेक्ट्रिक कार बजारमा हलचल, ३ सेकेन्डमै १०० किमीको गति

शाओमीले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक कार शाओमी एसयू७ को नयाँ अपडेट...

अबुधाबीको ड्र्याग रेसमा शाओमीले फरारीलाई पराजित गर्यो, ९.३ सेकेन्डमै रेस पुरा

अबुधाबीको ड्र्याग रेसमा शाओमीले फरारीलाई पराजित गर्यो, ९.३ सेकेन्डमै रेस पुरा

फरारीलाई संसारकै सबैभन्दा छिटो र शक्तिशाली स्पोर्ट्स कार निर्माता...

शाओमीले ल्याउँदै ७७० किमी रेन्ज भएको एसयूभी, टेस्लासँग प्रतिस्पर्धा गर्ने

शाओमीले ल्याउँदै ७७० किमी रेन्ज भएको एसयूभी, टेस्लासँग प्रतिस्पर्धा गर्ने

शाओमीले इलेक्ट्रिक एसयूभी ‘वाईयू ७’ लन्च गर्ने तयारी गरिरहेको छ, जसले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...