शाओमीले दोस्रो इलेक्ट्रिक कार वाईयू७ ल्याउने, स्टाइलिस लुकका साथै धेरै सेन्सरले सुसज्जित हुने

शाओमीले आफ्नो दोस्रो इलेक्ट्रिक एसयूभी शाओमी वाईयू७ को टिजर जारी गरेको छ। कम्पनीले यसलाई आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ भन्दा धेरै राम्रो डिजाइन र उन्नत सुविधासहित ल्याएको छ ।

शाओमी वाईयू७ को लम्बाइ ४,९९९ एमएम, चौडाइ १,९९६ एमएम, उचाइ १,६०८ एमएम र ह्विलबेस ३,००० एमएम छ । यसको डिजाइन धेरै हदसम्म पहिलो एसयूभीसँग मिल्दोजुल्दो देखिए तापनि यसमा केही नयाँ र आकर्षक स्पेसिफिकेशन थपिएको छ । यसलाई स्लिक बडी डिजाइन दिइएको छ । कम्पनीले यसमा २६ वटा ह्विल डिजाइन विकल्प प्रदान गर्ने भएको छ ।

शाओमी वाईयू७ मा धेरै पावरट्रेन विकल्प पनि उपलब्ध हुनेछ । अहिलेसम्म कम्पनीले यसको ब्याट्री साइजको बारेमा कुनै जानकारी दिएको छैन । रिपोर्टका अनुसार यसको बेस भेरिएन्टमा सिंगल इलेक्ट्रिक मोटर हुनेछ, जसले ३१५ बीएचपी पावर जेनेरेट गर्नेछ । यो रियर एक्सलमा अवस्थित हुनेछ । साथै यसको टप भेरिएन्टमा दुई इलेक्ट्रिक मोटर हुनेछ, जसले ६८१ बीएचपीको पावर जेनेरेट गर्नेछ ।

सो एसयूभीमा रुफ माउन्ट बल्ब देख्न सकिनेछ, जुन लिडार र अन्य सेन्सरले सुसज्जित हुने अपेक्षा गरिएको छ । यसको प्रोफाइल बलियो र आकर्षक देखिन्छ र यसको डिजाइनले यसलाई प्रिमियम र स्टाइलिश कार बनाउनेछ ।

यसको लन्च जुन वा जुलाई २०२५ मा हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

एसयू७ ईभी पछि अब स्मार्टफोन निर्माता शाओमीले एसयू७ अल्ट्रा हाइपरकार ल्याउने

एसयू७ ईभी पछि अब स्मार्टफोन निर्माता शाओमीले एसयू७ अल्ट्रा हाइपरकार ल्याउने

स्मार्टफोन निर्माता शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ सार्वजनिक...

शाओमीले ल्याउँदै ७७० किमी रेन्ज भएको एसयूभी, टेस्लासँग प्रतिस्पर्धा गर्ने

शाओमीले ल्याउँदै ७७० किमी रेन्ज भएको एसयूभी, टेस्लासँग प्रतिस्पर्धा गर्ने

शाओमीले इलेक्ट्रिक एसयूभी ‘वाईयू ७’ लन्च गर्ने तयारी गरिरहेको छ, जसले...

८०० किलोमिटरको रेन्ज दिने शाओमीको पहिलो इलेक्ट्रिक कार भारतमा लन्च हुने

८०० किलोमिटरको रेन्ज दिने शाओमीको पहिलो इलेक्ट्रिक कार भारतमा लन्च हुने

चिनियाँ कम्पनी शाओमीको पहिलो इलेक्ट्रिक कार एसयू७ भारतमा लन्च हुने संकेत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...