अपडेटेड २०२४ टीभीएस अपाचे आरआर ३१० मा नयाँ के छ, जान्नुहोस्

टीभीएस मोटर कम्पनीले भारतमा अपडेटेड अपाचे आरआर ३१० लन्च गरेको छ। सो बाइक तीन रङमा पेश गरिएको छ । सो बाइकमा नयाँ विंगलेट सहित धेरै डिजाइन अपडेट गरिएको छ ।

अपाचे आरआर ३१० को २०२४ मोडेललाई राम्रो प्रदर्शनको लागि अनुकूलित गरिएको छ । यसमा विंगलेटको प्रयोग गरिएको छ, जसले लगभग ३ किलोग्राम डाउनफोर्स उत्पन्न गर्छ, बाइकको स्थिरतामा सुधार गर्छ र उच्च गतिमा ह्यान्डल गर्छ ।

२०२४ टीभीएसअपाचे आरआर ३१० मा ३१२ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर पेट्रोल इन्जिनले सुसज्जित छ । सो इन्जिनले ३८ बीएचपी हार्स पावर र २९ एनएम टर्क जेनेरेट गर्न सक्षम छ । सो इन्जिनमा ६ स्पिड गियरबक्सको विकल्प उपलब्ध छ । यसको टप स्पिड १६४ किलोमिटर प्रति घण्टा छ । साथै बाइकले ६.७४ सेकेन्डमा ०-१०० किलोमिटर प्रतिघण्टाको गति लिन्छ। सो बाइक ०-६० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न २.८२ सेकेन्ड मात्र लाग्छ ।

सो बाइक क्विकशिफ्टरले सुसज्जित छ । सस्पेन्शनका लागि बाइकको फ्रन्टमा यूएसडी र  पछाडि मोनोशक एब्जर्बर उपलब्ध छ। ब्रेकिङलाई ड्युअल च्यानल एबीएसद्वारा सपोर्ट गरिएको छ, जबकि बाइकमा टीएफटी डिस्प्ले, अल एलईडी लाइटिङ, मल्टिपल राइड मोड र टर्न बाय टर्न नेभिगेसनसहितको ब्लुटुथ जडान जस्ता इलेक्ट्रोनिक सुविधाको सेट पनि समावेश छ।

विंगलेटको साथै सो बाइकमा सुरक्षा र स्थिरता बढाउन ६ एक्सिस आईएमयू प्रयोग गरी डायनामिक स्टेबिलिटी कन्ट्रोल प्रस्तुत गरेको छ र यसमा कर्नरिङ एबीएस, कर्नरिङ ट्रयाक्सन कन्ट्रोल, ह्विली कन्ट्रोल, स्लोप डिपेन्डेन्ट कन्ट्रोल, कर्नरिङ क्रूज कन्ट्रोल र रियर लिफ्ट अफ कन्ट्रोल समावेश छ ।

यसमा स्पोर्ट, ट्र्याक, रेन र अर्बन सहित ४ राइडिङ मोड उपलब्ध छन् । ब्रेकिङका लागि ३०० एमएम फ्रन्ट डिस्क र २४० एमएम रियर डिस्क ब्रेक रहेको छ । सो बाइकले बीएमडब्ल्यु जि३१० आरआर, केटीएम आरसी ३९०, कावासाकी निन्जा ३००, यामाहा आर३ र अप्रिला आरएस४५७ सँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा टीभीएसका बाइक वा स्कुटर किन्दा के पाइन्छ ? आयो यस्तो अफर

नयाँ वर्षमा टीभीएसका बाइक वा स्कुटर किन्दा के पाइन्छ ? आयो यस्तो अफर

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ...

फर्केर हेर्दा वर्ष २०८० : तीन ठूला ब्रान्डले थाले स्वदशमै बाइक एसेम्वलिङ

फर्केर हेर्दा वर्ष २०८० : तीन ठूला ब्रान्डले थाले स्वदशमै बाइक एसेम्वलिङ

वर्ष २०८० सकिएको छ र नयाँ वर्ष २०८१ को आगमन भएको छ । चरम आर्थिक मन्दिका कारण...

बीएमडब्ल्यु जस्ता सुपरबाइकसँग टक्कर दिन सक्ने टीभीएसको नयाँ बाइक

बीएमडब्ल्यु जस्ता सुपरबाइकसँग टक्कर दिन सक्ने टीभीएसको नयाँ बाइक

फिचर र लुक्सका हिसाबले बीएमडब्ल्यु जस्तो देखिने टीभीएस कम्पनीको नयाँ बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...