फक्सवागनले ४५० किमी रेन्ज भएको सस्तो इलेक्ट्रिक कार ल्याउने

फक्सवागनले आफ्नो नयाँ आईडी टुअल इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक गरेको छ । सो कारको रेन्ज र मूल्यको कारणले निकै चर्चा हुने गरेको छ । कम्पनीले यो आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार हुने दाबी गरेको छ ।

आईडी टुअलले सिंगल चार्जमा करिब ४५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । कारको मूल्य २५ हजार युरो हुनेछ र यो कम्पनीको सबैभन्दा सस्तो इलेक्ट्रिक कार हुनेछ । कम्पनीले यो कार सन् २०२५ सम्ममा युरोपेली बजारमा ल्याउने लक्ष्य राखेको छ ।

रिपोर्टका अनुसार कारमा अपडेट गरिएको ठूलो इन्फोटेनमेन्ट सिस्टम दिइनेछ । यसका साथै कारमा एम्बियन्ट लाइटिङ, लेदर अपहोल्स्ट्री, भ्वाइस कमाण्ड जस्ता फिचर हुनेछ । कारमा लेगरुम स्पेस बढाउन अपफ्रन्ट सिट दिइनेछ । साथै, पछाडिको सिटका लागि कुल्ड ग्लोभबक्स हुनेछ ।

फक्सवागनले यसलाई प्रिमियम श्रेणीमा राखेर युरोपेली बजारमा लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले सो कार भारतलगायत नेपालमा सस्तो मूल्यमा लन्च गरेमा टाटा नेक्सन ईभी, टियागो ईभी र एक्सयूभी ४०० ईभी जस्ता कारले चुनौतीको सामना गर्नुपर्नेछ ।

सम्बन्धित समाचारहरू

नेपाल आउने तयारीमा रहेको हुन्डाई आयोनिक ५ ले पायो जर्मन कार अफ द इयर अवार्ड

नेपाल आउने तयारीमा रहेको हुन्डाई आयोनिक ५ ले पायो जर्मन कार अफ द इयर अवार्ड

जर्मनीको बजारमा लन्च भएको करिव ६ महिनामै हुन्डाई आयोनिक ५ ले २०२२ को ‘जर्मन...

ढल्केबरमा एमजीले राख्यो ३० किलोवाटको डिसी चार्जर

ढल्केबरमा एमजीले राख्यो ३० किलोवाटको डिसी चार्जर

एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले ढल्केबरमा...

डाउनपेमेन्ट नगरी मासिक २१ हजार किस्तामा इलेक्ट्रिक स्कुटर

डाउनपेमेन्ट नगरी मासिक २१ हजार किस्तामा इलेक्ट्रिक स्कुटर

सुन्दर ट्रेडर्स प्रालिले डाउनपेमेन्ट नगरी मासिक किस्तामा स्कुटर खरिद...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...