डाउनपेमेन्ट नगरी मासिक २१ हजार किस्तामा इलेक्ट्रिक स्कुटर

सुन्दर ट्रेडर्स प्रालिले डाउनपेमेन्ट नगरी मासिक किस्तामा स्कुटर खरिद गर्न पाउने अफर ल्याएको छ । अङग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा फाइडो व्रान्डको स्कुटरमा कम्पनीले यस्तो अफर ल्याएको हो । सो अफर अन्तर्गत ग्राहकले १ वर्षसम्म मासिक २१ हजार रुपैयाँ किस्ता भुक्तानी गरेर स्कुटर खरिद गर्न सक्नेछन् । स्कुटरको मूल्य २ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

यो स्किममा स्कुटर खरिद गर्न चाहनेले नागरिकताको फोटोकपी, मासिक आम्दानीको स्रोत, पानी अर्थात विजुलीको विल र व्यवसायी भए व्यावसायको विवरण कम्पनीमा पेश गर्नुपर्नेछ । यसरी आवश्यक कागजत पेश गरेपछि कम्पनीले ग्राहकलाई स्कुटर उपलब्ध गराउनेछ ।

सन्दर ट्रेडर्सले बिक्री गर्दै आइरहेको यो स्कुटरमा ३ हजार २०० वाटको मोटर जडान गरिएको छ । यो स्कुटरले सिंगल चार्जमा १२० किलोमिटर दिने दावी छ । स्कुटरलाई ३ घण्टामा फूल चार्ज गर्न सकिन्छ । ग्राहकले व्याट्रीमा ३ वर्ष र मोटर तथा कन्ट्रोलरमा २ वर्षको वारेन्टि पाउनेछन् ।

यो स्कुटरमा यूएसवी पोर्ट, एन्टि थेप्ट लक, किलेश इन्ट्रि, पर्याप्त डिक्की स्पेश, रिभर्स सिस्टम र डिस्क व्रेक लगायत विशेषता दिइएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीले ब्लेड ब्याट्रीसहित एट्टो २ मिनी इलेक्ट्रिक एसयूभी ल्याउने

बीवाईडीले ब्लेड ब्याट्रीसहित एट्टो २ मिनी इलेक्ट्रिक एसयूभी ल्याउने

चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले चाँडै नै भारतीय र केही...

एमएडब्लू वृद्धिले क्रिसमसको अवसरमा भक्तपुरमा सञ्चालनमा ल्यायो पहिलो सोकोन शोरुम

एमएडब्लू वृद्धिले क्रिसमसको अवसरमा भक्तपुरमा सञ्चालनमा ल्यायो पहिलो सोकोन शोरुम

नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल...

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रिक स्कुटर नेपालमा, सुरुवाती ग्राहकलाई २५ हजार छुट

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रिक स्कुटर नेपालमा, सुरुवाती ग्राहकलाई २५ हजार छुट

काठमाडौं – विश्वकै सर्वाधिक सफल इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी साधन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...