फक्सवागनले भेन्टोको स्थानमा भर्टस ल्याउने, यस्तो हुनेछ विशेषता

जर्मन कार निर्माता कम्पनी फक्सवागनले नयाँ मिड साइज एसयूभी भर्टस बजारमा उपलब्ध गराउने घोषणा गरेको छ । भर्टसले हाल बजारमा उपलब्ध फक्सवागन भेन्टोलाई प्रतिस्थापन गर्नेछ ।

फक्सवागनले एमक्यूबी एओ इन प्लेटफर्ममा भर्टस विकसित गर्नेछ । यही प्लेटफर्ममा कम्पनीले अर्को मिड साइज एसयूभी टाइगुन समेत लन्च गर्ने पहिले नै घोषणा गरिसकेको छ । आगामी फेस्टिभ सिजनमा टाइगुन बजारमा उपलब्ध हुने पहिले नै सार्वजनिक भइसकेको छ ।

फक्सवागनको अर्को लोकप्रिय ह्याचब्याक पोलोको सेडान भर्सन भर्टस हुनेछ । यसको स्टाइल फक्सवागन पसाटबाट प्रेरित छ । यसमा सिग्नेचर फक्सवागन ग्रिल, इन्टिग्रेटेड एंगल रनिङ लाइटका साथ स्लिमर हेडल्याम्प, एलईडी टेलल्याम्प र स्लोपिङ रुफलाइन सामेल हुनेछ । भारतमा समेत यसको परीक्षण भइरहेका तस्बिर पहिले पनि सार्वजनिक भएका छन् । यसमा टाइगुन जस्तै डिजाइन इलिमेन्ट प्रयोग हुन सक्ने अनुमान समेत गरिएको छ ।

भर्टसमा कम्पनीले १।० लिटरको ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिनको साथमा प्रस्तुत गर्नेछ । जसले १०८ बीएचपीको पावर र १७५ एनएमको टर्क जेनेरेट गर्छ । सो कारमा ट्रान्समिसन विकल्पको रुपमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर एएमटी समावेश रहेको छ । यसमा नयाँ १।५ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन समेत हुने अनुमान गरिएको छ । यसले १४७ बीएचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । यो इन्जिन फक्सवागन टाइगुनमा पनि उपलब्ध छ ।

कारमा १० इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, अटोमेटिक एसी, वायरलेस चार्जिङ जस्ता फिचर उपलब्ध हुनेछन् ।

सन् २०२२ को जनवरी देखि मार्च सम्ममा यो भारतीय सडकमा देखिने अनुमान गरिएको छ । नेपाली बजारमा पनि त्यसपछि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

फक्सवागन भर्टसको प्रतिस्पर्धा होन्डा सिटी, हुन्डाई भरना र मारुती सुजुकी सियाज जस्ता कारसँग हुनेछ ।

सम्बन्धित समाचारहरू

फक्सवागन टाइगुनको प्रतीक्षामा नेपाली ग्राहक

फक्सवागन टाइगुनको प्रतीक्षामा नेपाली ग्राहक

फक्सवागन टाइगुन नेपालमा बहुप्रतीक्षित एसयूभी हो । यो एसयूभी भारत र...

नेपाल भित्रियो फक्सवागन टाइगुन, चितवनबाट आज -यालीसहित काठमाडौं भित्रिदै

नेपाल भित्रियो फक्सवागन टाइगुन, चितवनबाट आज -यालीसहित काठमाडौं भित्रिदै

काठमाडौं – भारतमा केही दिन पहिले सार्वजनिक गरिएको फक्सवागन टाइगुन एसयूभी...

तयार भयो टिग्वानको नयाँ मोडल, अर्को वर्ष लन्च हुने तयारी

तयार भयो टिग्वानको नयाँ मोडल, अर्को वर्ष लन्च हुने तयारी

जर्मन अटो निर्माता फक्सवागनले टिग्वानको नेक्स्ट जेन मोडल तयार पारेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...