फक्सवागन ईभीमा एक्सपेङको प्रविधि, नयाँ एसयूभी सार्ववजनिक
काठमाडौं–फक्सवागनले चीनमा आफ्नो नयाँ विद्युतीय एसयूभी आईडी औरा टी६...
जर्मनअटोमोबाइल कम्पनी फक्सवागनले गत वर्ष मार्चमा तीन पंक्ति अर्थात थ्री रो भएको टिगुआन अलस्पेस एसयूभी लन्च गरेको थियो । लगभग १ वर्ष पछि फक्सवागनले सो कारको ७ सिटर एसयूभीको फेसलिफ्ट मोडल लन्च गर्ने भएको छ । कम्पनीले सो मोडल १२ मेमा आधिकारिक रुपमा सार्वजनिक गर्ने भएको छ ।
सो कारको टिजर सार्वजनिक गरिएको छ । नयाँ टिगुआन अलस्पेस फेसलिफ्टको डिजाइनमा केही परिवर्तन देख्न सकिन्छ । यसको साथै यस एसयूभीमा कन्ट्रोल र असिस्ट सिस्टम जस्ता नयाँ टेक्नोलोजी र फिचर समावेश गर्नेछ । सो कारको फोटो अनुसार कारमा के के परिवर्तन गरिएको छ भन्ने जानकारी नदिइए तापनि कारको साइड प्रोफाइलबाट केही जानकारी पाउन सकिन्छ । कारको टेललाइटको डिजाइन पुरानो मोडल जस्तो देखिन्छ ।
नयाँ टिगुआन अपस्पेस फेसलिफ्टको ग्रिलमा नयाँ क्रोम लाइन समावेश गरिएको छ । यसमा फक्सवागनको आईक्य लाइट टेक्नोलोजी र एलईडी हेडलाइट पनि समावेश गरिएको छ । सो कारमा एमआईबी३ मल्टिमिडिया सिस्टम, डिजिटल ककपिट जस्ता फिचर उपलब्ध हुनेछ । भारत वा नेपालमा बिक्री हुने मोडलमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट पनि समावेश हुनेछ । साथै यसको फेसलिफ्ट भर्सनमा १०.२५ इन्च स्क्रिनको विकल्प पनि उपलब्ध रहेको छ ।
नयाँ टिगुआनमा पुरानो मोडलको जस्तै इन्जिन समावेश हुने सम्भावना रहेको छ । यद्यपि कम्पनीले यसमा ट्राभल असिस्ट र नयाँ फिचर समावेश गर्ने सम्भावना रहेको छ ।
नेपाली बजारमा फक्सवागन अलस्पेस आएको केही महिना भएको छ । यसको मूल्य १ करोड १८ लाख र १ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...