नेपाल भित्रिने प्रतीक्षामा अब फक्सवागन टाइगुन, कति पर्ला मूल्य ?

काठमाडौं – जर्मन अटो मेकर फक्सवागनको बहुप्रतीक्षित टाइगुन एसयूभी भदौ मध्यसम्ममा नेपाल भित्रिने बताइएको छ । नेपालका लागि आधिकारिक बितरक पूजा इन्टरनेसनल नेपाल स्रोतका अनुसार अगस्ट महिनामा यो एसयूभी भारतीय बजारमा सार्वजनिक गरिने र त्यस लगत्तै नेपाल भित्र्याइने छ ।

भारतीय बजारमा सार्वजनिक भएलगत्तै नेपालमा पनि यसको बुकिङ खोलिने र त्यसको केही समय लगत्तै ग्राहकलाई डेलिभरी दिइने स्रोतले बताएको छ ।

भारतीय प्लान्टमा उत्पादन भइरहेको यो एसयूभीका लागि भारत भित्रै अत्यधिक माग भैरहेको छ । भारतीय प्लान्टमा उत्पादन हुने भएपनि यसको गुणस्तर भने युरोपियन स्ट्यान्डर्डकै रहने कम्पनीले यसअघि नै बताइसकेको छ ।

भारतीय बजारमा १० देखि १७ लाख भारतीय रुपैयाँ मूल्य पर्ने अनुमान लगाइएको यो एसयुभी नेपाल भित्रिंदा ५५ देखि ७० लाख हाराहारी मूल्य पर्ने अनुमान लगाउन सकिन्छ । कम्फर्ट, हाईलाइन र टपलाइन गरी भिन्न ३ भेरिएन्टमा उपलब्ध रहने टाइगुन म्यानुअल र अटोमेटिक गरी दुईवटै ड्राइभिङ अप्सनमा उपलब्ध हुनेछ ।

यो एसयूभीमा फक्सवागन आफैले विकास गरेको र पछिल्लो प्रविधिमा आधारित १.० टीएसआई इन्जिन जडान गरिएको छ । जुन अत्यधिक शक्तिशाली र मबजुत मानिन्छ ।

१ हजार सीसी क्षमताको इन्जिन जडान भएपनि यसले दिने पावर र टर्क भने प्रतिस्पर्धी ब्रान्डका सोही सेग्मेन्टका गाडीमा प्रयोग हुने १ हजार ५ सय सीसी क्षमतायुक्त एमपीआई इन्जिन बराबरको छ । टाइगुनको अधिकतम पावर ११५ बीएचपी र टर्क १७८ एनएम रहेको छ ।

यो गाडीलाई अत्याधुनिक र सुबिधासम्पन्न बनाउन कम्पनीले यसमा भेन्टिलेटेड फ्रन्ट सिट, डिजिटल ड्राइभर डिस्प्ले, सनरुफ, वायरलेस चार्जिङ, १० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, अटो एसी, फ्ल्याट बटम स्टेयरिङ ह्विल र १७ इन्चको ड्युअल टोन अलोय ह्विलजस्ता फिचर्स समाबेश गरेको छ । त्यसैगरी ६ वटासम्म एयर ब्याग र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर्स थप गरिएको छ ।

नेपाल भित्रिएपछि यसको सिधा प्रतिस्पर्धा हाल बजारमा कारोबार भैरहेका हुन्डाई क्रेटा, किया सेल्टोस, सुजुकी एसक्रस, रेनो डस्टर र निसान किक्स लगायत एसयूभीसँग हुनेछ ।

सम्बन्धित समाचारहरू

फक्सवागनले सार्वजनिक ग-यो ५२० किमी रेन्ज दिने इलेक्ट्रिक कुपे एसयूभी

फक्सवागनले सार्वजनिक ग-यो ५२० किमी रेन्ज दिने इलेक्ट्रिक कुपे एसयूभी

जर्मन कार निर्माता कम्पनी फक्सवागनले हालै नयाँ इलेक्ट्रिक कुपे एसयूभी...

टाइगुनले पायो भारतमा ४ वटा प्रतिष्ठित अवार्ड, सुरुवाती मूल्य अब ५१ लाख ९० हजार

टाइगुनले पायो भारतमा ४ वटा प्रतिष्ठित अवार्ड, सुरुवाती मूल्य अब ५१ लाख ९० हजार

फक्सवागनको लोकप्रिय एसयुभी टाइगुनले भारतमा ४ वटा प्रतिष्ठित अवार्ड हात...

सकियो यो बर्षको फेस्टिभल सिजन, अटोमोबाइल कम्पनीहरुले ल्याएको फेस्टिभल अफरको आज अन्तिम दिन

सकियो यो बर्षको फेस्टिभल सिजन, अटोमोबाइल कम्पनीहरुले ल्याएको फेस्टिभल अफरको आज अन्तिम दिन

यो बर्षको फेस्टिभल सिजन आज छठ पर्ब मनाएपछि सकिंदै छ । प्रत्येक बर्ष भदौ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...