भारतमा इलेक्ट्रिक स्कुटर लन्च गर्दै भिनफास्ट

भियतनामी ईभी निर्माता भिनफास्टले अर्को वर्षदेखी इलेक्ट्रिक टु–ह्विलर सेग्मेन्टमा प्रवेश गर्ने तयारी गरेको छ । कम्पनीले हालै भारतीय बजारमा भीएफ६ र भीएफ७ इलेक्ट्रिक एसयूभी लन्च गरेको थियो ।

कम्पनीले अव आर्थिक वर्ष २०२६ को दोस्रो त्रैमासिकमा आफ्नो पहिलो इलेक्ट्रिक टु–ह्विलर लन्च गर्ने योजना बनाएको हो ।

भारतीय बजारमा इिलेक्ट्रिक टु–ह्विलरको संभावना उच्च रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत फाम सान चाउले बताए । ‘हामी भारतमा हाम्रा इलेक्ट्रिक टु–ह्विलर लन्च गर्ने क्रममा छौ । धेरै डिलरहरु हाम्रो उत्पादनका लागि डिलर बन्न इच्छुक देखिएका छन्’ उनले भने

भिनफास्टले एसियाली बजारमा ईभो, फेलिज, कलरा र भेरो जस्ता इलेक्ट्रिक स्कूटरहरू बिक्री गर्दै आएको छ । सोहि लाइनअपबाट केही मोडलहरू भारतमा प्रस्ताव गरिने अपेक्षा गरिएको छ ।

रिपोर्टका अनुसार, भिनफास्टले भारतमा आफ्नो विद्युतीय बसहरू समेत ल्याउने योजना बनाइरहेको छ । ई–स्कुटर स्थानीय रूपमा निर्माण गरिने भए पनि, ई–बसहरू भने आयात गरिनेछ ।

सम्बन्धित समाचारहरू

सिप्रदी र यात्रीबिच दुई पांग्रे विद्युतीय सवारी उत्पादनका लागि भएको सम्झौताले ल्याएको नयाँ आशा

सिप्रदी र यात्रीबिच दुई पांग्रे विद्युतीय सवारी उत्पादनका लागि भएको सम्झौताले ल्याएको नयाँ आशा

“मेड इन नेपाल” दुइ पांग्रे विद्युतीय सवारी साधन उत्पादन गर्नका लागि...

दशैं अगाडि वुलिङ बिंगो ईभी एक्सचेन्ज अफर, ३० लाख भन्दा कम मूल्यको ईभी खोज्नेका लागि अवसर

दशैं अगाडि वुलिङ बिंगो ईभी एक्सचेन्ज अफर, ३० लाख भन्दा कम मूल्यको ईभी खोज्नेका लागि अवसर

काठमाडौं – ३० लाख भन्दा कम मूल्यमै ईभी किन्न चाहने ग्राहकलाई लक्ष्यित गरी...

ई–सेवा महा–उत्सवको विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण

ई–सेवा महा–उत्सवको विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण

ललितपुर – ई–सेवाले नेपालीहरुको महान चाड दशैं, तिहार र छठको अवसरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...