विक्की कौशल बने टाटा मोटर्सका नयाँ ब्रान्ड एम्बेसडर, ‘टेक द कर्भ’ अभियानको सुरुवात

विक्की कौशल अब टाटा मोटर्सका नयाँ ब्रान्ड एम्बेसडर बनेका छन् । अब उनले टाटा मोटर्सका प्यासेन्जर तथा इलेक्ट्रिक सवारी साधनको प्रवर्धन गर्नेछन् । सो सहकार्य 'टेक द कर्भ' अभियानबाट सुरु भएको छ।

टाटा मोटर्सको नयाँ अभियानले ग्राहकलाई साहस र आत्मविश्वासका साथ अगाडि बढाउन प्रेरित गर्ने लक्ष्य राखिएको छ। टाटा मोटर्स र विक्की कौशल दुवैले आ-आफ्नो क्षेत्रमा नयाँ प्रयोग गरिरहेका छन्। विक्कीको शैली टाटा मोटर्सको इनोभेसन, एक्सिलेन्स र प्रगतिको मूल्यसँग मेल खान्छ, जसका कारण सो सहकार्य भारतीय अटोमोबाइल उद्योगमा प्रभावशाली देखिन सक्छ ।

टाटा मोटर्सले भविष्यमा मोबिलिटीलाई रूपान्तरण गर्न चाहन्छ। कम्पनीले आफ्नो सवारी साधनको डिजाइन, परफर्मेन्स र प्रविधिमा निरन्तर सुधार गर्दै आएको छ। विक्की कौशलको सहकार्यले टाटा मोटर्सको दृष्टिकोण अझ बलियो बनाउने अपेक्षा गरिएको छ । विक्की अब टाटा मोटर्सका विभिन्न ब्रान्ड गतिविधिमा संलग्न हुनेछन्।

सो अभियान 'टेक द कर्भ' को रूपमा सुरु हुँदैछ, जसको औपचारिक सुरुवात मार्च २२ बाट सुरु हुने इन्डियन प्रिमियर लिगको नयाँ सिजनमा गरिनेछ। सो अभियानले 'कर्भ' लाई केवल एउटा साधन मात्र नभई साहस, आत्मविश्वास र आफ्नो हृदयलाई पछ्याउने प्रतीकको रूपमा प्रस्तुत गर्नेछ।

टाटा मोटर्ससँगको सहकार्यबारे विक्की कौशलले भने, “टाटा मोटर्ससँग कारको दुनियाँमा प्रवेश गर्न पाउँदा म निकै उत्साहित छु। यो भारतीय ब्रान्ड हो, जसले भारतमा यात्रा गर्ने तरिकालाई परिवर्तन गरेको छ। टाटा मोटर्सको लामो समयदेखिको सम्पदा र नवीनताप्रतिको जोशले मेरो आफ्नै जोशलाई प्रतिबिम्बित गर्दछ।”

सो सहकार्यले टाटा मोटर्सलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ, जसले ग्राहकलाई अझ बढी आकर्षित गर्नेछ।

सम्बन्धित समाचारहरू

सिप्रदी एस्योर्डको ‘ईयर इन्ड सेल’ स्किम, गाडी खरिद र सट्टापट्टमा फाइदै फाइदा

सिप्रदी एस्योर्डको ‘ईयर इन्ड सेल’ स्किम, गाडी खरिद र सट्टापट्टमा फाइदै फाइदा

काठमाडौं–टाटा प्यासेन्जर कारको आधिकारिक रिकन्डिसन हाउस सिप्रदी...

टाटा गाडीको सर्भिस सेन्टर अब बागलुङमा, पार्ट्समा २२ प्रतिशत छुट

टाटा गाडीको सर्भिस सेन्टर अब बागलुङमा, पार्ट्समा २२ प्रतिशत छुट

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...

ईभीमा ध्यान केन्द्रित गर्दै टाटा मोटर्स, पाँच बर्षपछि २५ प्रतिशत हिस्सा पु-याउने तयारी

ईभीमा ध्यान केन्द्रित गर्दै टाटा मोटर्स, पाँच बर्षपछि २५ प्रतिशत हिस्सा पु-याउने तयारी

इलेक्ट्रिक भेइकलको माग बिश्वब्यापी रुपमा बढ्दै गएपछि अहिले बिश्वका ठूला...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...